दैनिक समाचारदाता
राजविराज, १५ मंसिर ।
सूचनाको हक सम्बन्धी कानुन बमोजिम सूचना नदिएको भन्दै सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी परेको छ ।
बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए ।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ । ऐनले दिन मिल्ने भनेको सूचना कार्यालय प्रमुखले समेत नदिए सूचना आयोगमा पुनरावेदन गर्न सक्ने प्रावधान छ ।
सूचनाको हक सम्बन्धी ऐनमा सूचना अधिकारी वा कार्यालय प्रमुखले मुनासिव कारण विना सूचना नदिए रु. १ हजारदेखि रु. २५ हजारसम्म जरिवाना र विभागीय कारबाही तथा ढिला गरेमा प्रतिदिन रु. २०० का दरले जरिवाना हुने व्यवस्था छ ।
सो कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले सार्वजनिक सरोकारका कुनै पनि विषयका सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिए पनि सुचना सहज रूपमा पाउन नसकेको गुनासो गरे ।
राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले सूचना प्रणालीलाई नागरिक सम्म पहँुच पु¥याउनु पर्नेमा जोड दिए । उनले जिल्लास्थित सबै सार्वजनिक निकायका सूच्ना अधिकारीले सूचना लिन आउनेलाई सहज रुपमा सूचना उपलब्ध गराउनु पर्नेमा बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायत विभिन्न कार्यालयका प्रतिनिधी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी
सारांश
- बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए ।
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
- सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया