सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी

राजविराज राजविराज
|
बुधबार, मंसिर १५, २०७८
|
|
१०९ पटक हेरिएको
Shares
सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी

सारांश

  •     बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए ।
  •       सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
  •     सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ ।

दैनिक समाचारदाता
राजविराज, १५ मंसिर । 
    सूचनाको हक सम्बन्धी कानुन बमोजिम सूचना नदिएको भन्दै सप्तरीबाट सूचना आयोगमा २९ वटा उजुरी परेको छ । 
    बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रियामा राष्ट्रिय सूचना आयोगका सचिव भागिरथ पाण्डेले सो जानकारी दिदै आयोगको तथ्याङ्क हेर्दा पुनरावेदनका लागि आउनेहरूको संख्या वर्षेनि बढिरहेको बताए । 
    सूचनाको हक सम्बन्धी ऐन, २०६४ अनुसार सार्वजनिक निकायबाट सम्पादन हुने वा भएको सार्वजनिक महत्वको काम वा निर्णयसँग सम्बन्धित कुनै लिखत, सामग्री वा जानकारी सम्बन्धित कार्यालयका सूचना अधिकारी समक्ष निवेदन दिएर सूचना माग्न सकिने प्रावधान रहदा रहदै त्यसो नपाइएपछि आएको उजुरीमाथी कारवाही गरिएको आयोगका सचिव पाण्डेले प्रष्ट पारे ।
    सूचना अधिकारीले नदिए त्यसको सात दिनभित्र कार्यालय प्रमुखसमक्ष उजुरी दिन सक्ने व्यवस्था छ । ऐनले दिन मिल्ने भनेको सूचना कार्यालय प्रमुखले समेत नदिए सूचना आयोगमा पुनरावेदन गर्न सक्ने प्रावधान छ । 
    सूचनाको हक सम्बन्धी ऐनमा सूचना अधिकारी वा कार्यालय प्रमुखले मुनासिव कारण विना सूचना नदिए रु. १ हजारदेखि रु. २५ हजारसम्म जरिवाना र विभागीय कारबाही तथा ढिला गरेमा प्रतिदिन रु. २०० का दरले जरिवाना हुने व्यवस्था छ ।
    सो कार्यक्रममा नेपाल पत्रकार महासँघ सप्तरी अध्यक्ष श्रवण कुमार देवले सार्वजनिक सरोकारका कुनै पनि विषयका सूचना माग्ने र पाउने हक हुने व्यवस्था गरिए पनि सुचना सहज रूपमा पाउन नसकेको गुनासो गरे । 
    राष्ट्रिय सूचना आयोगका आयुक्त रत्न प्रसाद मैनालीले सूचना प्रणालीलाई नागरिक सम्म पहँुच पु¥याउनु पर्नेमा जोड दिए । उनले जिल्लास्थित सबै सार्वजनिक निकायका सूच्ना अधिकारीले सूचना लिन आउनेलाई सहज रुपमा सूचना उपलब्ध गराउनु पर्नेमा बताए । 
    कार्यक्रममा जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम लगायत विभिन्न कार्यालयका प्रतिनिधी तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी