सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ९, २०७९
|
|
११७ पटक हेरिएको
Shares
सप्तरीमा ९ हजार ३१ विद्यार्थी एसइईमा सहभागि  

सारांश

  •     विगत दुई वर्षदेखी कोरोनाका कारण विद्यालयकै मुल्याङकनको आधारमा सम्पन्न हुँदै आएको एसइई परिक्षा यसपल्ट दुई वर्ष पहिले जस्तै भौतिक उपस्थितिका बीच सुरु भएको छ ।
  •       जिल्लाभरका ३५ परिक्षा केन्द्रमा ९ हजार ३१ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ ।
  •       परिक्षाको पहिलो दिन डाक्नेश्वरी नगरपालिकास्थित पातो परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेवापत एक जना निरिक्षक कारवाहीमा परेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख बिजय मण्डलले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 
    शुक्रबारदेखी सुरु भएको एसइई परिक्षाको पहिलो दिन सप्तरीमा ९ हजार ३१ विद्यार्थीहरुको सहभागिता रहको छ । 
    विगत दुई वर्षदेखी कोरोनाका कारण विद्यालयकै मुल्याङकनको आधारमा सम्पन्न हुँदै आएको एसइई परिक्षा यसपल्ट दुई वर्ष पहिले जस्तै भौतिक उपस्थितिका बीच सुरु भएको छ । 
    जिल्लाभरका ३५ परिक्षा केन्द्रमा ९ हजार ३१ विद्यार्थी सहभागि भएको जिल्ला शिक्षा समन्वय इकाईले जनाएको छ । 
    परिक्षाको पहिलो दिन डाक्नेश्वरी नगरपालिकास्थित पातो परिक्षा केन्द्रमा मर्यादा विपरित काम गरेवापत एक जना निरिक्षक कारवाहीमा परेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख बिजय मण्डलले जानकारी दिएका छन् । 
    यसैक्रममा पहिलो दिन मधेश प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साहले जिल्लाका आधा दर्जन परिक्षा केन्द्रको अनुगमन गरेका छन् । शान्तिपूर्ण तथा मर्यादित ढंगले परिक्षा संचालन भइरहेकोमा सन्तुष्टि व्यक्त गर्दै मन्त्री साहले २०२८ सालदेखी टालटुल गर्दै चल्दै आएको सामान्य शिक्षालाई रुपान्तरण गरेर रोजगारी र उत्पादनसँग जोड्न आफू लागिपरेको बताए । 
    मन्त्री साहले शिक्षामा देखिएका चुनौती शिक्षक र अभिभावकबाट मात्र पार नलाग्ने भएकाले यसमा सरकारको पनि उत्तिकै भूमिका रहने र यसका लागि आफूले श्रोत साधन र क्षमताले भ्याएसम्म काम गरिरहेको बताए । 
    उनले शिक्षामा अझै धेरै सुधारको सम्भावना रहेको जिकिर गर्दै यसलाई उकास्न आधारभूत शिक्षामा रोजगारी, सीप र उत्पादनसँग जोड्ने तयारी भइरहेको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
सर्वोच्चद्वारा प्रतिनिधिसभा पुर्नवहाली खुशीयालीमा सप्तरीमा दिप प्रज्जवलन
तस्करीका काठसहित सदा पक्राउ
तस्करीका काठसहित सदा पक्राउ
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
कोशीको बाध तत्कालै मर्मत गर्न मन्त्रीद्वयद्वारा निर्देशन
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
छुवाछुतका घटनाहरु नलुकाई प्रशासन समक्ष उजुरी दिन आग्रह
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
१२ दिनदेखी एक यूवक वेपत्ता  २० दिनपछि वेपत्ता अर्का यूवक फेला 
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु
छठ पर्वको धुमधाम साथ तयारी
छठ पर्वको धुमधाम साथ तयारी
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु