सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु

राजविराज राजविराज
|
सोमबार, चैत्र ९, २०७७
|
|
४५ पटक हेरिएको
Shares
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु

सारांश

  •     राजविराजस्थित राजरंगशालाको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ, उपप्रमुख साधना झाले बलिङ तथा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले बिकेट किपिङ गरेर उद्घाटन गरेका छन् ।
  •     प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदेबरसाईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ ।
  • टस हारेर ब्याटिङको अवसर पाएको रुपनी राइडर्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाई १ सय ४७ रनको योगफल तयार पारेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ८ चैत । 
    सप्तरीको सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर टि ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको तेश्रो संस्करण आइतबारदेखी राजविराजमा सुरु भएको छ ।
    राजविराजस्थित राजरंगशालाको खेल मैदानमा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादवले ब्याटिङ, उपप्रमुख साधना झाले बलिङ तथा प्रमुख जिल्ला अधिकारी फनिन्द्रमणि पोखरेलले बिकेट किपिङ गरेर उद्घाटन गरेका छन् ।
    प्रतियोगिताको उद्घाटन खेलमा रुपनी राइडर्सले बोदेबरसाईन थन्डर्सलाई १३ रनले पराजित गरेको छ । टस हारेर ब्याटिङको अवसर पाएको रुपनी राइडर्सले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाई १ सय ४७ रनको योगफल तयार पारेको थियो । 
    रुपनी राइडर्सका लागि राष्ट्रिय खेलाडी सुनिल धमलाले सर्वाधिक ५४ रन बनाएका थिए । यस्तै निरज मुखियाले १९, अनिल यादव (अविजित) १७ रनको योगदान दिए ।
    बलिङतर्फ बोदेबरसाईन थन्डर्सका बिशाल सुसलिङले ३ तथा बसन्त रेग्मी, नारायण जोशी र पप्पु यादवले १/१ विकेट लिएका थिए । 
    १ सय ४८ रनको बिजयी लक्ष्य लिएर मैदानमा ओर्लेको बोदेबरसाईन थन्डर्स २० ओवरमा १ सय ३४ रन मात्र जोड्न सफल भए । बोदेबरसाइन थन्डर्सका लागि नारायण जोशीले सर्वाधिक ३३, सिद्धान्त लोहनी २४ तथा योगेन्द्र सिंह र विकाशले समान १७/१७ रनको योगदान दिए । 
    बलिङतर्फ रुपनी राइडर्सका सुजित झाले सर्वाधिक ४ तथा अनिल यादव २ र फिरदोस अंसारी, सुनिल धमला, कुशल भुर्तेल र अनुज यादवले १/१ विकेट लिएका थिए । 
    उक्त खेलको म्यान अफ द म्याच रुपनी राइडर्सका सुनिल धमला घोषित भए । रुपनी राइडर्स, बोदेबरसाइन थन्डर्स, तिलाठी कोइलाडी जाइन्टस्, टिभिएस किंग्स राजविराज तथा बजाज खडक वारियर्स गरि पाँच टिम सहभागि रहेको प्रतियोगिताको प्रथम हुने टिमलाई नगद ३ लाखसहित ट्रफि र मेडल प्रदान गरिने छ । 
    यस्तै दोश्रो हुने टिमलाई १ लाख ५० हजारसहित ट्रफि र मेडल प्रदान गरिने छ । चैत १४ गतेसम्म चल्ने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यानलाई पनि पुरस्कार प्रदान गरिने कार्यक्रम रहेको आयोजक क्रिकेट संघ सप्तरीका अध्यक्ष आयुष श्रेष्ठले जानकारी दिए । 
    राजविराज नगरपालिकाको सहयोगमा संचालित प्रतियोगिताको प्रत्येक खेलमा सर्वाधिक छक्का हान्ने खेलाडीलाई सिद्धार्थ गौतम बुद्ध यातायात सेवा केन्द्र प्रालि राजविराजले एक/एक हजार रुँपैया पुरस्कार दिने घोषणा गरेको छ भने प्रतियोगिताको उपबिजेता टिमलाई दिइने पुरस्कार राशी एक लाख ५० हजार रुँपैया यहाँस्थित न्यु श्री राज्य लक्ष्मी ज्वेलर्सका संचालक सत्रुघन कुमार ठाकुरले दिने उद्घाटन समारोहमा घोषणा गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
बिपद न्युनिकरण गर्न तीनै तहका सरकारबीच  घनिष्ट सहकार्य आवश्यक ः मन्त्री लेखी
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन 
शिवरात्रीको अवसरमा शान्ति यात्रा र प्रवचन 
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट