प्रथम मेयर गोल्डकप सुरु

राजविराज राजविराज
|
शनिबार, आषाढ ९, २०८०
|
|
५७ पटक हेरिएको
Shares
प्रथम मेयर गोल्डकप सुरु

सारांश

  •     राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले उद्घाटन गरे ।
  • उनले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताइन् ।
  •     प्रतियोगिता असार १६ सम्म चल्ने छ ।

    राजविराज÷प्रथम राजविराज मेयर गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखी सुरु भएको छ । 
    राजविराजस्थित राजरंगशालामा सुरु भएको उद्घाटन खेलमा महोत्तरीले सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । 
    महोत्तरीका लागि पारस सुसलिंग र कृष्ण लामाले एक–एक गोल गरे । सिरहाका लागि एक मात्र गोल अमन लामाले खेलको ५८ औं मिनेटमा गरे । 
    राजविराज नगरपालिकाको सहयोग तथा जिल्ला फुटबल संघ सप्तरीको आयोजनामा सुरु भएको प्रतियोगिताको राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले उद्घाटन गरे । उनले यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकास मात्र नभई खेलाडीको विकासका लागि समेत टेवा पुग्ने बताइन् ।
    प्रतियोगिता असार १६ सम्म चल्ने छ । प्रतियोगितामा घरेलु टोली सप्तरीका साथै महोत्तरी, सिरहा, धनुषा, सिन्धुली, उदयपुर, सुनसरी र सर्लाहीका गरि कुल ८ टिमको सहभागिता रहेको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले जानकारी दिए । 
    उद्घाटन समारोहमा पूर्वमेयर जगरनाथ दास, शैलेश चौधरी, पूर्व राष्ट्रिय खेलाडी जितेन्द्र नारायण देव, जिवन श्रेष्ठ, आलोक विश्वास, श्रीलाल देव, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल लगायतको पनि उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?