बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू

राजविराज राजविराज
|
आइतबार, मंसिर १७, २०८०
|
|
४२ पटक हेरिएको
Shares
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू

सारांश

  •     आईतवार सप्तरी क्रिकेट संघ र सबल नेपालको संयोजन तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजबिराजस्थित पविमाबि खेलमैदानमा ग्रास रूट क्रिकेट कोचिगं मेगा क्याम्प आयोजना गरिएको हो ।
  •     मंसिर १७ देखि २१ सम्म संचालन हुने शिविरमा पहिलो दिन जिल्लाभरीका १५ वटा बिधालयका २ सय ५० भन्दा बढी छात्रछात्राहरूले सहभागीता रहेका छन् ।
  •     उक्त क्रिकेट प्रशिक्षणमा आईसीसी मान्यता प्राप्त ६ जना बिदेशी कोच (लेवल १, २, ३) र नेपालका १ जना प्रशिक्षक (लेवल ३) वाट आधारभुत क्रिकेटको ज्ञान, सीप, प्रशिक्षण, शारिरिक ब्याम, अतिरिक्त क्रिकेट सीप, आधारभुत अम्पायर र स्कोरिङ सम्बन्धी जानकारी समेत दिने सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 

    सप्तरीमा बिधालय स्तरवाटै क्रिकेटप्रति आकर्षण बढाउन राजबिराजमा बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू गरिएको छ ।
    आईतवार सप्तरी क्रिकेट संघ र सबल नेपालको संयोजन तथा नेपाल क्रिकेट फाउन्डेशनको सहयोगमा राजबिराजस्थित पविमाबि खेलमैदानमा ग्रास रूट क्रिकेट कोचिगं मेगा क्याम्प आयोजना गरिएको हो ।
    मंसिर १७ देखि २१ सम्म संचालन हुने शिविरमा पहिलो दिन जिल्लाभरीका १५ वटा बिधालयका २ सय ५० भन्दा बढी छात्रछात्राहरूले सहभागीता रहेका छन् ।
    उक्त क्रिकेट प्रशिक्षणमा आईसीसी मान्यता प्राप्त ६ जना बिदेशी कोच (लेवल १, २, ३) र नेपालका १ जना प्रशिक्षक (लेवल ३) वाट आधारभुत क्रिकेटको ज्ञान, सीप, प्रशिक्षण, शारिरिक ब्याम, अतिरिक्त क्रिकेट सीप, आधारभुत अम्पायर र स्कोरिङ सम्बन्धी जानकारी समेत दिने सबल नेपालका कार्यक्रम संयोजक रोशन मण्डलले जानकारी दिए । 
    सामुदायिक विद्यालयका छात्रालाई तल्लो तहदेखि र महिला क्रिकेट उत्थानका लागी छात्राहरुलाई क्रिकेटको प्रशिक्षण तथा प्रतियोगिता आयोजना हुन लागेको सप्तरी क्रिकेट संघका सचिव चन्दन यादबले जानकारी दिए ।
    क्रिकेटमा महिला खेलाडी उत्पादन गर्ने उद्देश्यले राजबिराजमा २ वर्ष देखि काम गर्दै आएको नेपाल क्रिकेट फाउण्डेसनसँगको सहकार्यमा कोशी प्रदेश र मधेश प्रदेशका केही विद्यालयका विद्यार्थीलाई सहयोग गरिरहेको नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । विद्यालयहरूमा क्रिकेट खेल्ने वातावरण समेत बनिरहेको उनले बताए । 
    फाउण्डेशनका अध्यक्ष श्रेष्ठले नयाँ खेलाडी उत्पादन हुनुका साथै खेलाडीमा खेलप्रति जागरुक एवं आत्मबल वृद्धि हुने बताए । 
    आइसिसिकी सदस्य सारा वेगले नेपालका छात्रालाई क्रिकेट प्रति उत्साह तथा सिप प्रदान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिइन् । उनले विगतदेखि यस क्षेत्रमा सारा वेग मार्फत छात्राहरुलाई खेल सामाग्री सहयोग गर्नुका साथै फरक ढंगबाट दिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रुपमा खेल्ने खेलाडीहरु तयार भएको उदाहरण रहेको बताइन् ।
    सप्तरीको राजबिराज नगरपालिका, सुरूगां नगरपालिका र खडक नगरपालिका फाउण्डेसनले छात्रा क्रिकेट खेलाडी उत्पादन गरिरहेको छ । दुई हप्तासम्म क्रिकेट विथ आउट बाउण्ड्रीका पदाधिकारी तथा प्रशिक्षकहरूले प्रशिक्षण दिने जनाइएको छ । 
    छात्राहरुलाई क्रिेकेटप्रति जागरुक गराउन एवं प्रशिक्षण दिन आइसिसिबाट अलि मेकरेडी, गोलाण्ड हरिस, साकिव मिहास, सारा बेग, काज मिलहाल, रव वेली आएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
प्रदेश स्तरिय सहकारी अभिमुखीकरण अन्तरक्रिया सम्पन्न
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
बम काण्डको दोषि ठहर गर्दै संजय  साहसहित सात जनालाई जन्मकैद 
जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 
जसपा मधेश प्रदेश संसदीय दलका नेतामा सरोज यादव सर्वसम्मत 
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना
शैयाबाटै रामपरीद्वारा  सहयोगको याचना
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
सपथग्रहण लगत्तै नवनिर्वाचित वडाअध्यक्ष पक्राउ, वडा अध्यक्ष साहमाथी अपहरण, जबरजस्तीकरणी र कर्तब्य ज्यान मुद्दामा अनुसन्धान सुरु ः प्रहरी
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
अटो रिक्सा पल्टिदा तीन जना घाइते 
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकल र स्कारपियो वेवारिसे अवस्थामा बरामद
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु 
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु