लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु

राजविराज राजविराज
|
बिहिबार, भाद्र ५, २०८२
|
|
४२ पटक हेरिएको
Shares
लालपुर्जाका लागि संर्घषरत नगरवासी  पीडित समितीद्वारा आन्दोलन सुरु

सारांश

  •     यसअघि तीन चरणको आन्दोलन गरिसकेका संघर्ष समितिले राजविराजस्थित गजेन्द्र चौकमा पत्रकार सम्मेलन गरी आन्दोलको कार्यक्रमबारे जानकारी दिएका हुन् ।
  •     पत्रकार सम्मेलनमा संघर्ष समितीका संयोजक इरसाद अन्सारीले नगरबासीले राखेको माग पुरा गराउन थप दबाव दिने उद्देश्यले चौथो चरणको आन्दोलन घोषणा गरिएको बताए ।
  •       उनले भदौ ७ गते शनिवार लाठी जुलुश र खबरदारीसभा, भदौ ९ गते सोमवार सिट्टी जुलुश, भदौ ११ गते बुधवार राजविराज नगरपालिका कार्यालयमा २ घण्टा धर्ना, भदौ १४ गते शनीवार मशाल जुलुश र भदौ १५ गते आईतवार राजविराज बजार बन्द तथा राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ५ भदौ । 

    लालपूर्जा पाउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका राजविराज नगरवासी पीडित संघर्ष समितीले बिहीबार चौथो चरणको आन्दोलन कार्यक्रम घोषणा गरेको छ । 
    यसअघि तीन चरणको आन्दोलन गरिसकेका संघर्ष समितिले राजविराजस्थित गजेन्द्र चौकमा पत्रकार सम्मेलन गरी आन्दोलको कार्यक्रमबारे जानकारी दिएका हुन् ।
    पत्रकार सम्मेलनमा संघर्ष समितीका संयोजक इरसाद अन्सारीले नगरबासीले राखेको माग पुरा गराउन थप दबाव दिने उद्देश्यले चौथो चरणको आन्दोलन घोषणा गरिएको बताए । 
    उनले भदौ ७ गते शनिवार लाठी जुलुश र खबरदारीसभा, भदौ ९ गते सोमवार सिट्टी जुलुश, भदौ ११ गते बुधवार राजविराज नगरपालिका कार्यालयमा २ घण्टा धर्ना, भदौ १४ गते शनीवार मशाल जुलुश र भदौ १५ गते आईतवार राजविराज बजार बन्द तथा राजविराज नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम रहेको जानकारी दिए । 
    यसअघि तीन चरणको आन्दोलनको क्रममा स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकायका प्रमुखको उपस्थितीमा गत फागुन १८ गते भएको सहमती कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासीको तर्फबाट गठित संर्घष समितिले चौथो चरणको आन्दोलन गर्न बाध्य भएको संयोजक अन्सारीको भनाई छ । 
    पत्रकार सम्मेलनमा पुर्वमन्त्री एवं राजविराज नगरपालिकाका पुर्व मेयर अनिस अन्सारीले यस क्षेत्रबाट निर्वाचित जनप्रतिनीधी समेतले ब्लक र विटौरी जग्गाका लालपुर्जा उपलब्ध गराउन चासो नदेखाएको आरोप लगाउँदै राणा सरकारको पालामा नगरवासी संग पैसा लिएर वसाइएको शहर राजविराजमा पञ्चायती व्यवस्थामा समेत  नगरवासीले सहजता पुर्वक उपभोग र कारोवार गर्न पाएको सुविधा अहिले खोसिदा गणतन्त्रकै उपहास भएको बताए ।  
     राजविराज नगरपालिकाका पुर्व मेयर जगरनाथ दासले कोशी नदीको कटानबाट विस्थापित भएकाहरुलाई राजविराजमा ल्याएर पैसा लिएर वसोवासको व्यवस्था मिलाइएको भएपनि अहिले सम्म जग्गाको लालपुर्जा नदिनुको पछाडी नगरपालिका कै जिम्मेवार जनप्रतिनीधीको कमजोरी रहेको जिकीर गरे । 
    आन्दोलन परिचालन उपसमितीका संयोजक एवं वार्ता टोलीका सदस्य दिपेन्द्र चौधरीले जनता सित पैसा लिएर पनि जग्गाको लालपुर्जा नदिनु जनता प्रति कै बेइमानी भएको भन्दै आक्रोश ब्यक्त गरे । 
    पत्रकार सम्मेलनमा प्रदेश सांसद अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला समन्वय समिती सप्तरीका प्रमुख शिवनारायण साह, जसपा सप्तरीका अध्यक्ष सत्यनारायण यादव, जनमत पार्टीका नगर अध्यक्ष प्रकाश चौधरी लगायतले पनि बोल्दै संघर्ष समितिले उठाएका माग प्रति एक्यवद्धता ब्यक्त गर्दै संघर्ष समितीले घोषणा गरेको आन्दोलन कार्यक्रम सफल बनाउन आ आफनो स्तरबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 
    बि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँ रहेका ५ हजार २ सय परिवार वर्षाै देखी लालपूर्जा पाउन सकेका छैनन । मालपोत कार्यालयबाट विगत ८ वर्ष देखी रोक्का प्रकृया तथा राजविराज नगरपालिका कार्यालयबाट नक्शापास लगायतका कार्य बन्द भएपछी स्थानीय समस्यामा परेको संघर्ष समितिले जनाएको छ ।  
    संघर्ष समितीले नगरका विटौरी र ब्लक जग्गामा पुस्तौ देखी वसोवास गर्दै आएका ५ हजार भन्दा बढी परिवारलाई लालपूर्जा प्रदान गरिनु पर्ने, राजविराज वसर्पाकको संचालन, सीमानाका क्षेत्रमा विषादी परिक्षणका लागी क्वारेन्टाईनको व्यवस्था, लामो समयदेखी बन्द रहेको छोटी भन्सार कार्यालयहरुको संचालन, लामखुट्टे नियन्त्रणका लागी औषधी छर्कने व्यवस्था, हटियामा निर्माणाधिन कप्लेक्सको अविलम्ब निर्माण कार्य सकाएर व्यापारीलाई हस्तान्तरण लगायतका ८ बुंदे माग अघि सारेका छन ।
    झण्डै ६५ वर्ष देखी संघर्षरत बिटौरी र ब्लक जग्गामा वसोवास गर्दै आएका राजविराज नगरपालिकाका ५ हजार भन्दा बढी परिवार अझै लालपूर्जा पाउने आस लगाइरहेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
पोखरी महाडको जिर्णोद्धार गरी बाटो निर्माणका  लागि पहल गर्ने ः उपसभामुख देव  
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
फजुल खर्च बचाएर सबलद्वारा प्रहरीलाई ज्याकेट प्रदान
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
बोदेबरसाईन र रुपनी राईडर्स विजयी
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
अवैध रुपमा भारतबाट नेपालतर्फ भित्रयाइएका ४० वटा राँगा प्रहरी नियन्त्रणमा
कार्यशाला गोष्ठी सम्पन्न
कार्यशाला गोष्ठी सम्पन्न
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
आमा र भाइले आफुलाई बदनाम गर्न खोजेको जेठो छोराको गुनासो
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
न्यायपालिकालाई सरकारले गोजीमा राख्न खोजेको छ ः अध्यक्ष यादव
सात महिनादेखी लगाइएको तालाबन्दी खोलाउन खेलाडीहरुले बुझाए ध्यानाकर्षण पत्र

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?