बोदेबरसाईन र रुपनी राईडर्स विजयी

राजविराज राजविराज
|
बिहिबार, चैत्र १२, २०७७
|
|
२४ पटक हेरिएको
Shares
बोदेबरसाईन र रुपनी राईडर्स विजयी

सारांश

  •     स्थानिय राजरंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ ।
  • टिभीएस किंग्सले दिएको १ सय ६२ रनको लक्ष्य रुपनीले १६.
  • २ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
    राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गतको बिहीबार सम्पन्न खेलमा रुपनी राईडर्स र बोदेबरसाईन थन्डर्स बिजयी भएका छन् । 
    स्थानिय राजरंगशालामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गरेको छ । टिभीएस किंग्सले दिएको १ सय ६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको छ ।
    रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२, अमित यादवले ४५, लोकेश बमले अविजित ३५ रन र निरज मुखियाले २३ रन बनाएका थिए । टिभीएस किंग्सका लागि रोहित सिंह, दिनेश अधिकारी, सुरज कुर्मी र मेहबुब आलमले १/१ विकेट लिए ।
    टस जितेर ब्याटिंग गरेको टिभीएस किंग्स राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।
    टिभीएसका लागि सोनु अन्सारीले सर्वाधिक ४५, सुरज कुर्मीले २७ रन, मेहबुब आलमले २३, आसिफ शेखले १६ तथा रोबिन सिंह र सुदर्शन सिंहले १२/१२ रनको योगदान दिएका थिए । रुपनी राईडर्सका लोकेश बमले सर्वाधिक २ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपनी राईडर्सका लोकेश बम घोषित भए ।
    यस्तै दोश्रो खेलमा बोदेबरसाईन थन्डर्सले तिलाठी कोईलाडी जायन्टलाई १ सय १ रनले पराजित गरेको छ । तिलाठी कोईलाडी १४.४ ओभरमा सम्पूर्ण विकेट गुमाएर ८४ रन मै सीमित भएको थियो ।
    तिलाठी कोईलाडीका लागि कप्तान दिपेन्द्र ऐरीले सर्वाधिक २७ रन, दिपेश कंडेलले १९ रन तथा चित्रबहादुर बिस्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । बोदेबरसाईनका लागि बिशाल सुश्लिंगले सर्वाधिक ४ विकेट, सिद्धान्त लोहनीले ३ विकेट, बसन्त रेग्मीले २ विकेट तथा नारायण जोशीले १ विकेट लिए । 
    यस अघि टस जितेर ब्याटिंग गरेको बोदे बर्साईन् थन्डर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । 
    बोदे बर्साईनका कप्तान सिद्धान्त लोहनिले अविजित १०० रन बनाए भने नारायण जोशीले १९, राहुल मण्डलले १७, योगेन्द्र सिंह कार्कीले १५ तथा बिशाल सुश्लिंगले १४ रन योगदान दिएका थिए ।
    बलिंङमा तिलाठीका आदील अन्सारी र चित्रबहादुर बिस्टले २/२ विकेट तथा राशिद खान र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच सिद्धान्त लोहनी चुनिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
सरकारी निर्णयको अवज्ञा गर्ने विद्यालय संचालकसहित पक्राउ परेका ११ जना रिहा 
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
लोसपाले मनायो स्थापना दिवस
लोसपाले मनायो स्थापना दिवस
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
२५ लाखमा गरिएको रंगशाला स्तरोेन्नती  बारे अख्तियारले थाल्यो छानबिन 
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
सवारी दुर्घटनामा एक  महिलासहित तीन जना घाईते 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
भर्ना गराएर आफन्त वेपत्ता भएपछि मृत्यु पश्चात् सम्पर्कमा आए छोरा 
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
सप्तरीमा कोरोना संक्रमितको संख्या २ सय ६७, निको हुनेको संख्या १ सय ३९
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
जिसस सप्तरी परिसरमा अत्याधुनिक र सुविधा सम्पन्न सभागृह निर्माण हुने 
सप्तरीमा चुनावी माहोल उत्कर्षमा
सप्तरीमा चुनावी माहोल उत्कर्षमा