दैनिक समाचारदाता
राजविराज, १८ पुस ।
जनमत पार्टी सप्तरीका अध्यक्ष, सचिव लगायत ६ जना नेताबिरुद्ध सार्वजनिक शान्तिबिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप गरिएको छ ।
किसानहरुको माग सम्बोधन गर्न भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा सप्तरीबाट पक्राउ परेको १४ जना मध्ये ६ जनालाई प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक शान्ति बिरुद्धको कसुरमा ७ दिने म्याद थप गरिएको हो ।
गत शुक्रबार जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साहलाई सो मुद्दामा सात दिने म्याद थप गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
बुधबारदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको ११ बुँदे माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।
किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ ।
यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, तथा किसानहरुमाथी गरिएको दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।
जनमत पार्टी सप्तरीका ६ नेतालाई शान्ति बिरुद्धको कसुर मुद्दामा सात दिने म्याद थप
सारांश
- किसानहरुको माग सम्बोधन गर्न भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको राजमार्ग अवरुद्ध आन्दोलनका क्रममा सप्तरीबाट पक्राउ परेको १४ जना मध्ये ६ जनालाई प्रहरीले जिल्ला अदालतबाट सार्वजनिक शान्ति बिरुद्धको कसुरमा ७ दिने म्याद थप गरिएको हो ।
- गत शुक्रबार जिल्लाको भारदह, कंचनपुर लगायतका स्थानबाट पक्राउ परेका जनमत पार्टीका जिल्ला अध्यक्ष चन्देश्वर मण्डल, सचिव थानेश्वर प्रसाद साह, कंचनरुप नगरपालिकाका अध्यक्ष अनिल पञ्जियार, हनुमाननगर कंकालिनी नगरपालिका वडा नं.
- १ अध्यक्ष सुरेन्द्र मण्डल, नेता योगानन्द साह र महिनारायण साहलाई सो मुद्दामा सात दिने म्याद थप गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया