गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार

राजविराज राजविराज
|
मंगलबार, श्रावण १५, २०८१
|
|
२४ पटक हेरिएको
Shares
गायनतर्फ सुनितालाई र दिलिपलाई अधिकारकर्मी पुरस्कार

सारांश

  •     मैथिली लोक गायन क्षेत्रमा योगदान गरे वापत राजविराज ३ की सुनिता साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का दिलिप कुमार चौधरी उक्त पुरस्कारबाट सम्मानित हुने भएक हुन् ।
  •     पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले यसवर्षको ५औं मैथिली लोकगित गायन पुरस्कारबाट साहलाई र ९ औं बैध–प्रकाश मानवअधिकार पुरस्कारबाट चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
  •       दलित अधिकार क्षेत्रमा लामो समयदेखी क्रियाशिल रही योगदान गरेवापत यस वर्षको बैध–प्रकाश मानवअधिकार पुरस्कार चौधरीलाई दिने निर्णय गरेको पुरस्कार कोष समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए ।

दैनिक समाचारदाता    
राजविराज, १५ साउन । 

    यस वर्षको मैथिली लोक गित गायनतर्फ सुनिता साह र अधिकाकर्मीतर्फ दिलिप चौधरी बैध–प्रकाश मानव अधिकार पुरस्कारबाट सम्मानित हुने भएका छन् । 
    मैथिली लोक गायन क्षेत्रमा योगदान गरे वापत राजविराज ३ की सुनिता साह र अधिकार क्षेत्रमा योगदान गरेवापत रुपनी गाउँपालिका ६ का दिलिप कुमार चौधरी उक्त पुरस्कारबाट सम्मानित हुने भएक हुन् ।
    पुरस्कार छनौट समितिको मंगलबार बसेको बैठकले यसवर्षको ५औं मैथिली लोकगित गायन पुरस्कारबाट साहलाई र ९ औं बैध–प्रकाश मानवअधिकार पुरस्कारबाट चौधरीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 
    दलित अधिकार क्षेत्रमा लामो समयदेखी क्रियाशिल रही योगदान गरेवापत यस वर्षको बैध–प्रकाश मानवअधिकार पुरस्कार चौधरीलाई दिने निर्णय गरेको पुरस्कार कोष समितिका संयोजक बैद्यनाथ झाले जानकारी दिए । 
    सोही कोषबाट उनले प्रत्येक वर्ष मानव अधिकारकर्मी प्रकाश काफ्लेको स्मृति दिवसको अवसर पारेर अधिकार, संस्कृति, संचार, कला, गायन, समाज सेवा लगायतका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई पुरस्कृत गर्दै आएका छन् ।  
    यस्तै मैथिली लोक गायन क्षेत्रमा योगदान दिँदै आएकी ३० वर्षिया साहलाई पाचौं उर्मिलादेवी मैथिली गायन पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको मैथिली महिला परिषद्की पूर्व अध्यक्ष शान्ति झाले बताइन् । उनी पुरस्कार छनौट समितिकी संयोजक हुन् ।
    २०७१ सालमा इन्सेकद्वारा ५० हजार राशी पुरस्कार भएको प्रकाश–बैध मानवअधिकार पुरस्कार प्राप्त गरेका झाले सोही रकम र आमा चन्द्रदेवी झाको सामाजिक सुरक्षा भत्ता वापत प्राप्त हुने ५० हजार थपेर १ लाखको पुरस्कार कोष नै स्थापना गरेका थिए ।
    उक्त दुबै पुरस्कार मानव अधिकारकर्मी स्व. प्रकाश काफ्लेको ३२ औं स्मृती दिवसको अवसरमा पारेर आगामी शुक्रबार साउन १८ गते प्रदान गरिने कार्यक्रम तय भएको कोषका संयोजक प्रेस स्वतन्त्रता सेनानी झाले जानकारी दिएका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागिमा तीन परिवारको सात घर नष्ट
आगलागिमा तीन परिवारको सात घर नष्ट
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
अतिविपन्न पाँच सय परिवारलाई ब्लायङकेट बितरण 
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
शिक्षा क्षेत्रको स्तरबृद्धिका लागि बिद्यालयमा मर्मत सम्भार र रंगरोगन
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
सप्तरी काँग्रेस उपसभापति यादवद्वारा पदभार ग्रहण
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
राष्ट्रवादको नाउँमा नेपाल र भारतको सम्बन्धमा तितो पार्ने पाखण्डीहरु 
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
ठगी तथा अपराधिक विश्वासघात एवं  बैंकिङ कसुर मुद्दाका आरोपी पक्राउ
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
२७औं लोकेन्द्र स्मृति  पत्रकारीता पुरस्कार बिन्दुलाई
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
ठूलो परिमाणमा लागुऔषध काठमाडौं पु¥याउने  कार्यमा संलग्न सहचालकसहित दुई पक्राउ 
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
जनप्रतिनिधिद्वारा गुण्डागर्दी शैलीमा कुटपिट गर्दै घर तोडफोड 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो 
जिल्ला प्रहरीमा हातधुने स्टेशन जडान  स्वास्थ, चौकीमा साबुन पानीले हात धुवाइयो