पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड

राजविराज राजविराज
|
आइतबार, भाद्र १४, २०७७
|
|
१७ पटक हेरिएको
Shares
पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै निस्केकी किशोरी हेर्न भिंड

सारांश

  •     गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।
  •     गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताए ।
  • उनले यो घटना सत्य र दैविक शक्तिको नमुना भएको दाबी पनि गरे ।

राजविराज÷पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केकी एक किशोरीलाई अहिले भिंड उर्लिएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नं. ६ रौतहटकी १४ वर्षिया मुनचुन कुमारी दास बिहीबार साँझ पोखरीमा डुबेको सात घण्टापछि जिवित्तै बाहिर निस्केकी थिइन् । 
अहिले उनलाई हेर्न र देवी मानी पूजा गर्नेको अहिले गाउँस्थित ठाकुरबाबा मन्दिरमा ठूलो भिंड लागेको छ । कोरोनाको जोखिमका बीच धार्मिक आस्थाका आधारमा भिंड उर्लिएपछि त्यसलाई व्यवस्थापन गर्न प्रहरीलाई हम्मे हम्मे परेको छ । 


    पोखरीमा डुबेर सात घण्टापछि जिवित्तै निस्केको अनौठो घटना र दाबी आएपछि सबै चकित परेका छन् । सात घण्टासम्म पानीमा डुबेर ती किशोरीको ज्यान जोगिनुलाई स्थानिय तथा जनप्रतिनिधिहरुले दैविक शक्ति र चमत्कार मानेका छन् भने कसैले स्वास्थ्य विज्ञानलाई चुनौती भनेका छन् । 
    गाउँकै जागेश्वरी जनता मावि कक्षा ८ मा अध्ययनरत मुनचुन कुमारीले आफू फुल टिप्न बिहीबार दिउँसो ४ः३० बजे तिर पोखरीमा पसे लगत्तै एक जना बाबा जस्तो देखिने बृद्ध व्यक्तिले कपाल तानेर भित्र लगेको र धेरै रोई कराई गरेपछि सात घण्टापछि पोखरीको डिलमा ल्याई छाडिदिएको सुनाईन् ।
    गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले यो ऐतिहासिक मन्दिर र पोखरीमा बिहीबार भएको घटनाले सबैलाई चकित पारेको बताए । उनले यो घटना सत्य र दैविक शक्तिको नमुना भएको दाबी पनि गरे । 


    यता वडा अध्यक्ष सूर्यनारायण दासका अनुसार बिहीबार दिउँसो ४ः३० बजेतिर राजकुमार दासकी १४ वर्षिया छोरी मुनचुन साथीहरुसँग पोखरी नजिकै घाँस काट्न गएकी थिइन् । सोही क्रममा पोखरीमा एउटा मनमोहक फुल फुलेको देखेपछि घाँस काट्न छाडेर पोखरीमा पसेकी थिइन् । फुल नजिकै पुगेपछि अचानक उनी डुकेर बेपत्ता भईन् । सो बारे खबर पाउनासाथ प्रहरीस र गोताखोरहितको टोली पुगेर सातघण्टासम्म खोजतलास गरेपनि उनी फेला नपरेको वडा अध्यक्ष दासले सुनाए । 
राती परिसकेकाले भोली बिहान पुनः खोजतलास गर्ने सल्लाह गरि फर्किन लाग्दा एक्कासी मुनचुनको चिच्याएको आवाज सुनेको र फर्किदा पुरै शरीर भिजेको र रोइरहेको अवस्थामा उनी फेला परेको वडा अध्यक्ष दासको भनाई छ । 
    घटना बारे चासो देखाउँदै शनिबार घटनास्थल पुगेका प्रदेश २ का सभासदस्य गोबिन्द न्यौपाने र पूर्व सिंचाई मन्त्री उमेश यादवले उक्त घटनालाई यहाँका जनताले दैविक शक्ति मानेको बताए । उनीहरुले उक्त पोखरी र मन्दिरको ऐतिहासिकता तथा पौराणिकताका बारेमा तथ्यमा पुग्नका लागि पुरातत्व विभागले आवश्यक अनुसन्धान गरि सरकारले उक्त क्षेत्रलाई धार्मिक पर्यटक स्थलका रुपमा विकास गर्न जरुरी रहेको बताए । 
    गाउँको उक्त ऐतिहासिक मन्दिर र पोखरीमा दैनिक स्थानिय श्रद्धालुहरुको घुँइचो लाग्ने गरेको छ । पोखरीमा स्नान गर्ने र पवित्र भई उक्त मन्दिरमा पूजाआजा गर्ने वर्षौदेखी परम्परा चलिआएको स्थानिय बुढापाकाहरुको भनाई छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
घरेलु हिंसाबाट पीडित महिलालाई जाडो छल्न न्यानो अभियान
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
मिटरब्याजी विरूद्ध कडा कदम चालिने ः मुख्यमन्त्री राउत
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी,  एक सय १२ जना कर्तव्य ज्यान मुद्दाकै 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
सप्तरीमा नीजि विद्यालयहरु संचालन गर्ने निर्णय,  प्रजिअ भन्छन् : जोखिम कायमै रहेकोले विद्यालय खोल्न मिल्दैन 
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो 
अनेरास्ववियुद्वारा मन्त्रीहरुलाई कालो झण्डा देखाईयो 
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी
भारतीय व्यापारी निराश, सप्तरीका व्यापारी खुशी