सामाजिक सद्भाव कायम राख्न आग्रह    

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण १४, २०८३
|
|
१२९ पटक हेरिएको
Shares
सामाजिक सद्भाव कायम राख्न आग्रह    

सारांश

  • बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो ।
  • राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आ–आफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन, अराजक गतिविधिबाट थप क्षति र अप्रिय अवस्था सिर्जना हुन नदिन सरोकारवालाले अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्ने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
  • बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन वातावरण निर्माण गरिने पनि निर्णयमा उल्लेख गरिएको छ ।
दैनिक समाचारदाता
राजविराज, १४ साउन । 
जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ ।
बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धर्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो ।
राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आ–आफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन, अराजक गतिविधिबाट थप क्षति र अप्रिय अवस्था सिर्जना हुन नदिन सरोकारवालाले अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्ने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन वातावरण निर्माण गरिने पनि निर्णयमा उल्लेख गरिएको छ ।
त्यसैगरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी कुनै प्रकारका उच्छृङ्खल गतिविधिमा संलग्न हुन नदिन क्याम्पस प्रमुख, प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाले विशेष पहल गर्ने निर्णय गरिएको छ ।
बैठकले प्रदर्शनमा बालबालिकाको प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा पनि सहमति जनाएको छ । जिल्लामा विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायबीच आपसी एकता, सहिष्णुता र भ्रातृत्व कायम राख्न स्थानीय तहसम्म सद्भाव र्याली तथा संवाद कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ ।
साथै सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गर्दै बैठकले सामाजिक सद्भावमा आँच पुग्न सक्ने गतिविधिप्रति सजग रहन सबै नागरिकलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
उखु किसानहरुको जारि आन्दोलनमा जसपा निकट किसान संघको एक्यबद्धता
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
दुई फरार प्रतिवादी पक्राउ
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
युनियनको स्थापना दिवसमा मैनवत्ति प्रज्वलन
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
चिम्टी अग्निपीडितलाई सहयोग गर्ने हातहरु बढ्दै
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
मधेश प्रदेशमा मन्त्रिपरिषद् बिस्तार, सप्तरीका महेश यादव शिक्षा र राजकुमार लेखी कानुन मन्त्रि
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
पत्रकारको निर्वाचनमा कसैलाई हराउन वा जिताउनमा जनमतको कुनै संलग्नता छैन ः प्रवक्ता डा. यादव
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
मलेठ घटनाको सम्झनामा मैनवत्ती प्रज्वलन 
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 
खाद्य स्वच्छताको आधारमा होटल स्तरियकरण तथा लोगो वितरण 

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी