सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान

राजविराज राजविराज
|
शनिबार, फाल्गुन ३, २०७६
|
|
६५ पटक हेरिएको
Shares
सप्तरीका बाल खेलाडीहरु प्रदेश स्तरिय फुटवलमा सहभागि हुन प्रस्थान

सारांश

  •     शनिबारै देखि बस्तीपुरमा ३ दिन सम्म संचालन हुने प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका छात्र तर्फ २८ र छात्रा तर्फ १४ गरी ४२ जना बाल खेलाडीले सप्तरीबाट प्रतिस्पर्धा गर्नेछन् ।
  • उक्त प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाका बाल खेलाडीको सहभागीता रहेको छ ।
  • प्रतियोगितामा छनोट भएकालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई तथा त्यहाबाट छनोट भएकालाई एन्फाको एकेडेमीमा राख्ने कार्यक्रम रहेको एन्फा प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए ।

    राजविराज÷प्रदेश स्तरिय ८ देखि १३ वर्ष उमेर समुहको फुटवल प्रतियोगितामा भाग लिन सप्तरीका बाल खेलाडीहरु शनिबार सिरहाको कर्जन्हा नगरपालिकाको बस्तीपुर प्रस्थान गरेका छन् । 
    जिल्ला फुटवल संघ तथा राजविराज वडा नं. ८ कार्यालयले संयुक्त रुपमा बाल खेलाडीहरुलाई विदाई गरेको हो । 
    विदाई कार्यक्रममा जिल्ला फुटवल संघ सप्तरीका उपाध्यक्ष एवं प्रशिक्षक राजकुमार परियार, नेपाल खेलकुद पत्रकार मंचका अध्यक्ष मनोज कुमार माझी, वडाध्यक्ष जयनारायण मण्डल, एन्फा प्रशिक्षक रमेश श्रेष्ठ, पत्रकार राजु विश्वकर्मा, नविन गुप्ता लगायतले उत्कृष्ट प्रदर्शनको शुभकामना दिएका थिए ।
    शनिबारै देखि बस्तीपुरमा ३ दिन सम्म संचालन हुने प्रतियोगितामा ८ देखि १३ वर्ष उमेर समुहका छात्र तर्फ २८ र छात्रा तर्फ १४ गरी ४२ जना बाल खेलाडीले सप्तरीबाट प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा प्रदेश २ का ८ वटै जिल्लाका बाल खेलाडीको सहभागीता रहेको छ । प्रतियोगितामा छनोट भएकालाई राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराई तथा त्यहाबाट छनोट भएकालाई एन्फाको एकेडेमीमा राख्ने कार्यक्रम रहेको एन्फा प्रशिक्षक रमेश श्रेष्ठले जानकारी दिए । 
    विद्यालयका बालबालिकालाई ग्रासरुट फुटवल कार्यक्रम मार्फत प्रशिक्षित गराईएको र त्यसबाट छनौट गरी प्रदेश र राष्ट्रीय स्तरमा प्रतिस्पर्धा गराउने एन्फाको योजना अनुसार यस जिल्लाबाट ४२ जना बाल खेलाडी तयार पारिएको उनको भनाई छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
सवारी दुर्घटनामा दुई महिलासहित चार जना घाइते
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
प्रअले विद्यालयको सम्पत्ति दुरुपयोग गरेको भन्दै तालाबन्दी
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
जनमतद्वारा अनिश्चितकालिन राजमार्ग बन्द, प्रहरीसँग भएको झडपमा दुई महिला आन्दोलनकारी घाइते, आधा दर्जन पक्राउ
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
नवनिर्मित दलित छात्रावास  भवन विद्यालयलाई हस्तान्तरण 
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
संसद विघटन बिरुद्ध नेकपा दाहाल–नेपाल समूहको प्रदर्शन
निरन्तर वर्षाले राजविराज जलमग्न
निरन्तर वर्षाले राजविराज जलमग्न
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
पोखरीमा डुबेर पाँच  दिनमा ६ जनाको मृत्यु
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
हत्याको आरोपमा बाबु छोरा पक्राउ
हत्याको आरोपमा बाबु छोरा पक्राउ