दैनिक समाचारदाता
राजविराज, १६ असार ।
सप्तरीमा मंगलबार थप २२ जना कोरोना संक्रमित पुष्टि भएको छ । यसअघि सोमबार १८ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
पछिल्लो पटक मंगलबार जिल्लाको तिलाठी कोइलाडी र महदेवा गाउँपालिकामा १०÷१० जना तथा अग्निसाइर कृष्णासवरण र राजगढ गाउँपालिकामा १÷१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
सोमबार रुपनी गाउँपालिकामा एकजना लगायत अन्य स्थानमा गरि १७ जना कोरोना संक्रमित पुष्टि भएको थियो । अग्निसाइर कृष्णासवरण र रुपनी गाउँपालिकामा समेत संक्रमित पुष्टि भएपछि जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएको छ ।
यस्तै जिल्लामा कोरोनाबाट निको हुनेको संख्या १ सय १८ पुगेको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालका मेसु डा. रन्जित झाले जानकारी दिए ।
यता मंगलबार साँझसम्म नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यता मुलुकभरी ३ हजार १ सय ९४ जना कोरोनाबाट निको भएका छन् भने ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
सप्तरीको १८ वटै स्थानिय तहमा कोरोना संक्रमित, संक्रमितको संख्या २ सय ४८, निको हुने १ सय १८ जना
सारांश
- योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
- पछिल्लो पटक मंगलबार जिल्लाको तिलाठी कोइलाडी र महदेवा गाउँपालिकामा १०÷१० जना तथा अग्निसाइर कृष्णासवरण र राजगढ गाउँपालिकामा १÷१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
- सोमबार रुपनी गाउँपालिकामा एकजना लगायत अन्य स्थानमा गरि १७ जना कोरोना संक्रमित पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया