मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु

राजविराज राजविराज
|
सोमबार, भाद्र १६, २०८२
|
|
८५ पटक हेरिएको
Shares
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु

सारांश

  •     कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय पहिचान संगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा स्वशासन चाहेको बताएका छन् ।
  • उनले भुमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने र धन कमाउने योजना रहेको उल्लेख गरे ।
  •     सोही कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नश्लिय शासनसत्ताबाट मुक्ति चाहिएको छ भने राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य रहेको बताएका छन् ।

दैनिक समाचारदाता
बिराटनगर, १६ भदौ । 

    संघीय लोकतान्त्रिक मोर्चाको पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार विराटनगरमा “वर्तमान राजनीतिक अवस्था बारे जनजागरण अभियान“ शुरु भएको छ । 
    कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय पहिचान संगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा स्वशासन चाहेको बताएका छन् । उनले भुमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने र धन कमाउने योजना रहेको उल्लेख गरे ।
    सोही कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नश्लिय शासनसत्ताबाट मुक्ति चाहिएको छ भने राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य रहेको बताएका छन् ।
    आदिवासी जनजाती जो मधेशी जस्तै यो देशमा राज्यविहिन जनताको रूपमा बाँच्न बाध्य भएका आरोप लगाए । उनीहरुलाई फुटाउ र राज गरको नीति तहत कांग्रेस र एमालेले फुटाएर राखेको बताए । विगतको दिनमा मधेशी, थारु, आदिवासी जनजाती, दलित, पिछडावर्गहरुले छुट्टाछुट्टै एक्ला एक्लै संघर्ष गरेकाले असफल भएको बताए । उत्पीडितहरुले अधिकार, पहिचान, स्वायत्तता र स्वशासन खोएको हो भने मिल्नुको विकल्प नरहेको बताए । 
    मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा संघर्ष गरेका योद्धा साथीहरू माथि झुठा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको बताए । देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि रहेको बताउँदै उखु किसानलाई सरकारले वेवास्ता गर्नु ठीक नरहेको समेत औल्याए । उनले हैजा फैलिनु र खानेपानी अभाव हुनु भनेको सरकारले लापरवाही गरिरहेको आरोप समेत लगाए ।
    मोर्चाका नेता तथा जनता प्रगतिशील पार्टी  नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएकोले राज्य पनि हाम्रो हुनु पर्ने बताउँदै एउटा नवजात शिशुलाई नर्सले हेरचाह गरे झैं शेरबहादुर र केपी ओली संविधानको हेरचाह गर्ने नर्स मात्र भएकोले आमा जस्तो ममत्व उहाँहरुमा नभएको बताए । मधेशीहरु सामाजिक र राजनीतिक रूपमा विभाजित रहेकोले एकहुनु पर्ने उल्लेख गरे ।
    कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधनको पक्षमा जनमत तैयार गर्न, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन, आन्दोलनकारीहरु माथिको मुद्दा खारेज गराउन, आन्दोलनकारी राजबन्दी रिहाई गराउन, भुमि विधेयक जो षड्यन्त्रपुर्वक आएको छ त्यसको विरोध गरि भुमिको रक्षा गर्न, भ्रष्टाचारको विरोध गर्न, जनजिविकाको सवालमा जनचाहना अनुसार कार्य गर्न मोर्चा गठन भएको स्पष्ट पारेका छन् ।  
    कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधानको संशोधन समावेशीताको ग्यारेन्टीको लागि चाहिने, पुर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संशोधन चाहिने,  संशोधन अधिकार प्राप्तिको लागि चाहिने बताए। जनताले समर्थन गर्ने हो भने मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प नरहेको बताए ।
    कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्र कुमार चौधरीले मोर्चा गठनले थारु, मधेशी, आदिवासी जनजाति बीच उत्साह बढेको दाबी गर्दै एकता मोर्चाले छिट्टै रुपन्देही क्षेत्र न.३ को चुनावमा परिणाम दिने ठोकुवा गरे ।
    कार्यक्रममा मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, केशव झा, जयराम यादव, चन्द्र कुमार चौधरी, चन्द्र प्रसाद राजवंशी, बलराम ऋषिदेव, मनिष मिश्र, सत्य नारायण साह, रेखा यादव, सन्तोष मेहता, आभास लाभ, रकम चेम्जोङ, तबरेज हक, डा. विजय सिंह, संजय सिंह, लगायतको विशेष उपस्थिति रहेको थियो । 
    मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान संचालन गर्ने तय गरे अनुसार भदौ १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुने छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
सबल नेपालद्वारा चालु आ.ब.का लागि १९ करोड ७१ लाख ९४ हजार अनुमानित रकम बिनियोजन
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
नगरपालिकाको हुकुमी उर्दीप्रति पत्रकार महासंघद्वारा भत्र्सना
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
कर्तब्य ज्यान तथा डाका मुद्दामा प्रदेशसभा सदस्य यादव कारागार चलान
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
जिल्ला समन्वय समितिको सहिद पार्कमा बिरूवा रोपन
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
काँग्रेसको राजविराज नगर निर्वाचनमा ध्रुब र आनन्द भिड्दै
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर  समाचार सम्प्रेशन गर्ने कार्यप्रति महासंघको ध्यानाकर्षण
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
स्व. सिंहको स्मृति दिवस मनाइयो  
स्व. सिंहको स्मृति दिवस मनाइयो  
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार 
पाँच महिनाको अवधीमा १० हजार भन्दा  बढी आँखाका बिरामीले पाए उपचार