प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात

राजविराज राजविराज
|
बुधबार, माघ २१, २०८२
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप छनौट प्रतियोगितामा घरेलु टोलीको विजयी सुरुवात

सारांश

  •     सप्तरी सदरमुकाम राजविराजस्थित पविमाविको खेलमैदानमा सूरु भएको प्रतियोगिताको उदघाटन खेलमा सिरहालाई ४ विकेटले पराजीत गर्दै सप्तरीले विजयी सूरुवात गरेको हो ।
  •       टस जितेर ब्याटिङ्ग रोजेको सिराहले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव १ ओभर मै सम्पुर्ण विकेट गुमाई १ सय २५ रन जोडेको थियो ।
  • जवाफी ब्याटिङ्गमा उत्रेको सप्तरीले अभिषेक कार्कीको बिस्फोटक अर्धसतकिय पारी ५३ रन (अविजीत)को मदतले २८ दशमलव ४ ओभरमा विजय लक्ष्य प्राप्त गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, २१ माघ । 

    पाहुना टोली सिरहालाई उदघाटन खेलमा पराजीत गर्दै बुधवार देखी यहाँ सूरु भएको प्रधानमन्त्री कप मधेश प्रदेशस्तरीय खेलाडी छनौट प्रतियोगितामा घरेलु टोली सप्तरीले विजयी सूरुवात गरेको छ । 
    सप्तरी सदरमुकाम राजविराजस्थित पविमाविको खेलमैदानमा सूरु भएको प्रतियोगिताको उदघाटन खेलमा सिरहालाई ४ विकेटले पराजीत गर्दै सप्तरीले विजयी सूरुवात गरेको हो । 
    टस जितेर ब्याटिङ्ग रोजेको सिराहले निर्धारित ५० ओभरको खेलमा ३० दशमलव १ ओभर मै सम्पुर्ण विकेट गुमाई १ सय २५ रन जोडेको थियो । जवाफी ब्याटिङ्गमा उत्रेको सप्तरीले अभिषेक कार्कीको बिस्फोटक अर्धसतकिय पारी ५३ रन (अविजीत)को मदतले २८ दशमलव ४ ओभरमा विजय लक्ष्य प्राप्त गरेको थियो । यद्धपी विजय लक्ष्य पछ्याउने क्रममा सप्तरीले ६ विकेट गुमाएका थिए । उक्त खेलको प्लेयर अफ द म्याच सप्तरीका अभिषेक कार्की घोषित भए । उनलाई क्रिकेटका अन्तराष्ट्रिय खेलाडी दिपेन्द्र चौधरीले उक्त पुरस्कार प्रदान गरेका थिए । 
    यस अघि प्रतियोगिताको एक समारोहबीच क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज कुमार सिहले उदघाटन गरेका थिए । संघका सचिव चन्दन कुमार यादवका अनुसार प्रधानमन्त्री कप पुरुष छनौट क्रिकेट प्रतियोगिता बुधवार एकै दिन मधेश प्रदेशको बाराको कलैया र सप्तरीको राजविराजमा सूरु भएको छ । 
    राजविराजमा सप्तरी, सिरहा, धनुषा र महोत्तरी तथा कलैयामा बारा, पर्सा, सर्लाही र रौतहटबीच प्रतिस्पर्धा हुनेछ । 
    यसैबीच मैदान भित्र प्रतियोगिता चलिरहदा बाहिर भने केही असन्तुष्ट खेलाडीहरुले विरोध प्रर्दशन गरेका छन । निषेधित क्रिकेट खेलाडी संघर्ष समितीको ब्यानर लिएर मैदान बाहिर भेला भएका उनीहरुले प्रदेश तथा जिल्लास्तरको खेलाडीलाई तलब भत्ताको व्यवस्था गरिनु पर्ने र क्रिकेटमा सिन्डीकेट प्रथाको अन्त हुनु पर्ने माग गर्द नाराबाजी गरेका थिए । 
    यस्तै उनीहरुले प्रधानमन्त्री कपलाई क्यानका नेतृत्वकर्ताले प्राइभेट कम्पनी झै बनाएको भन्दै नेतृत्व विरुद्ध चर्काे नाराबाजी गरेका थिए । नाराबाजी गर्दै उनीहरु मैदान भित्र प्रवेश गर्न खोजेपछि सुरक्षाका लागी खटिएका सुरक्षाकर्मीहरुले उनीहरुलाई प्रवेशमा रोक लगाएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
दुध बिक्रि गरे वापतको भुक्तानी नपाएको भन्दै पहल गरिदिन प्रजिअलाई आग्रह  
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सर्वाधिक पुरस्कार राशी भएको मेयर कप सप्तरी प्रिमियर लिगको तेश्रो संस्करण सुरु
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 
सहिद नागेश्वरको  सम्झनामा श्रद्वाञ्जली सभा 
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
पाँच वर्षदेखी पशु झै मानव फलामे सिक्रिमा
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
सुनचाँदीका गरगहना र भारतीय रुँपैयासहित तीन पक्राउ
हाम्रो कृषिले कृषि क्षेत्रलाई सबल बनाउने योजना ल्यायो
हाम्रो कृषिले कृषि क्षेत्रलाई सबल बनाउने योजना ल्यायो
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
संयुक्त मोर्चा बनाएर आन्दोलनमा जाने तयारी भइरहेको छ ः राजेन्द्र महतो
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
इटाभट्टाको पर्खाल भत्किदा एक भारतीय मजदुरको  मृत्यु, मृतकको श्रीमतीसहित दुई गम्भिर
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
राम्रो काम र आकर्षक तलब दिलाईदिने  भन्दै लाखौं रकम ठगि एक फरार
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान 
अग्निपीडित वडा सदस्यलाई  वडा कार्यालयद्वारा राहत प्रदान