अग्नी पीडितलाई सांसद साहको सहयोग

राजविराज राजविराज
|
बिहिबार, बैशाख २८, २०८०
|
|
३० पटक हेरिएको
Shares
अग्नी पीडितलाई सांसद साहको सहयोग

सारांश

  •     प्रतिनीधी सभासदस्य नबलकिशोर साहको सहयोगमा महेन्द्र कामैत, शिवु कामैत, बेचन कामैत, जहरी कामैत, देवु कामैत र बद्री कामैतको परिवारलाई राहत प्रदान गरिएको हो ।
  •       आगलागी पीडितको विजोग भएपछि काठमाण्डौमा रहेका सांसद साहले आफ्नो निजी खर्चबाट तत्कालका लागी २५ किलो चामल, भुजा, त्रिपाल, लत्ताकपडा, भाडाकुडा लगायतका राहत समाग्री पठाई दिएको जसपाका यूवा नेता एवं हुनमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साहले जानकारी दिए ।
  •       साँझ ६ बजेतीर महेन्द्र कामैतको पुजाघरबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर छिमेकी सहित ६ परिवारको १४ वटा घर खरानी भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २८ बैशाख । 

    बुधवार साँझ भएको आगलागीले बेघर बनाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ रम्पुराका ६ विपन्न परिवारलाई विहीवार राहत स्वरुप लत्ताकपडा, भाँडाकुडा, त्रिपाल र खाद्यान्न लगायतका राहत समाग्री प्रदान गरिएको छ ।
    प्रतिनीधी सभासदस्य नबलकिशोर साहको सहयोगमा महेन्द्र कामैत, शिवु कामैत, बेचन कामैत, जहरी कामैत, देवु कामैत र बद्री कामैतको परिवारलाई राहत प्रदान गरिएको हो । 
    आगलागी पीडितको विजोग भएपछि काठमाण्डौमा रहेका सांसद साहले आफ्नो निजी खर्चबाट तत्कालका लागी २५ किलो चामल, भुजा, त्रिपाल, लत्ताकपडा, भाडाकुडा लगायतका राहत समाग्री पठाई दिएको जसपाका यूवा नेता एवं हुनमाननगर कंकालिनी नगरपालिकाका पूर्व मेयर शैलेश साहले जानकारी दिए । 
    साँझ ६ बजेतीर महेन्द्र कामैतको पुजाघरबाट सल्केको आगो तत्काल नियन्त्रणको उपाय हुन नसक्दा फैलिएर छिमेकी सहित ६ परिवारको १४ वटा घर खरानी भएको थियो । 
    हावाहुरीका कारण आगो फैलिदा नियन्त्रण कार्य कठिन भएको र झण्डै २० लाख मूल्य बराबरको सम्पती जलेर क्षति भएको वडा अध्यक्ष कृष्ण कुमार यादवले जानकारी दिए । आगलागीमा परेका सबै घर काठ र फुसको संरचना भएका हुन । 
    यस अघि वडा अध्यक्ष यादवले पनि बुधवार अग्नी पीडितलाई प्रारम्भीक राहत स्वरुप खाद्यान्न वितरण गरेका थिए । आगलागीका सर्वाधिक घट्ना हुने यस जिल्लामा गर्मी मौसमको शूरुवात संगै आगलागीका घटना ह्वातै बढेको छ । 
    विगत एक महिनाको अवधीका आगलागीका २८ घटना भई २ करोड भन्दा बढीको क्षति भई सकेको राजविराज नगरपालिका बारुणयन्त्र विभागको तथ्याँकले देखाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
सुरु भयो कोरोना बिरुद्धको खोप अभियान, पहिलो चरणमा सप्तरीमा ३ हजार ७ सय ५४ जनालाई लगाइने
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
विगत २६ दिनदेखी अयोध्यामा रोशनी वेपत्ता
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
हरवा चरवाहरुको लगत संकलनको काम  तत्काल अघि बढाउनुपर्नेमा जोड
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
सँगै चाउचाउ खाए, त्यसपछि प्रेमीले गरे प्रेमिकाको हत्या
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
सप्तरी काँग्रेस सभापतीको  दौडमा आधा दर्जन बढी आकांक्षी
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते
मोटरसाइकल दुर्घटनामा दुई जना घाइते