भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड

राजविराज राजविराज
|
बुधबार, माघ २, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भुकम्पबाट क्षति हुन नदिनका लागी भुकम्प  प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड

सारांश

  •     बिपद् ब्यबस्थापन समिति, शहरी बिकास भवन निर्माण डिभिजन तथा केभिएसको संयोजनमा प्रभावतफेरी गर्दै गोष्ठीको आयोजना गरि भुकम्प दिवस मनाएको हो ।
  •     प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेनद्र पौडेलले भुकम्प नियमित प्रकिया भएकोले निर्माण गरिएको संरचना कमजोर हुँदै गएकोले त्यसका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन ।
  •     सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिपद्वाट सुरक्षित हुन तीनै तहका सरकार जिम्मेवारीका साथ अगाडी बढनुपर्ने बताउदै भुकम्पवाट क्षतिहुन नदिनका लागी भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड दिए ।

दैनिक समाचारदाता
राजविराज, २ माघ । 
    २१ औ भुकम्प सुरक्षा दिवसको अवसरमा बुधबार राजविराजमा प्रभातफेरी तथा विचार गोष्ठीको आयोजना गरि मनाएको छ ।
    बिपद् ब्यबस्थापन समिति, शहरी बिकास भवन निर्माण डिभिजन तथा केभिएसको संयोजनमा प्रभावतफेरी गर्दै गोष्ठीको आयोजना गरि भुकम्प दिवस मनाएको हो ।
    प्रभातफेरी पश्चात् आयोजित विचार गोष्ठीमा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेनद्र पौडेलले भुकम्प नियमित प्रकिया भएकोले निर्माण गरिएको संरचना कमजोर हुँदै गएकोले त्यसका लागि जनचेतना मुलक कार्यक्रम गर्नुपर्नेमा जोड दिएका छन ।
    सो अवसरमा जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादबले बिपद्वाट सुरक्षित हुन तीनै तहका सरकार जिम्मेवारीका साथ अगाडी बढनुपर्ने बताउदै भुकम्पवाट क्षतिहुन नदिनका लागी भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्नेमा जोड दिए ।


    भुकम्पवाट जोगिन तथा भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नुपर्ने भएकोले यसबाट भुकम्पको बेला जनधनको कम क्षतिहुन नदिन जनचेतना समेत फैलाउनुपर्नेमा उनले जोड दिए ।
    २०७२ सालमा भएको भुकम्पमा ८ लाख भवन बढी घरक्षति भएको, ८ हजार भन्दा बढीको ज्यान गएको र हजारोै मानिस घरवार बिहिन भएकाले अबका दिनमा भुकम्पवाट जोगिन राष्ट्रिय भवन निर्माण संहिता लागू अनुसार घरबनाउनुपर्नेमा उनले जोड दिए ।
    यसैगरी कोशी पीडित समाजका निर्देशक देव नारायण यादबले थप जोखिन हुननदिन तथा बिधमान जोखिमलाई घटाउने, पुर्व तयारी गर्न, आईहाले भने कमजोर भवन पुरानो भवनलाई प्रवलीकरण गर्दै जानुपर्ने बताए ।
    थप क्षति थप जोखिम हुन नदि भुकम्प प्रतिरोधात्मक घर बनाउन जिम्मा शहरी बिकास तथा भवन डिभिजन आयोजना प्रमुख रमेश थिंग ले बताएका छन ।
    सो अवसरमा शहरी बिकास तथा भवन डिभिजनका ईन्जिनियर रोशनकुमार झाले भुकम्पको वारेमा प्रस्तुती गरेका थिए ।
    सो गोष्ठीमा राजबिराज नगरपालिका उपप्रमुख साधना झा, नेपाल पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह, सहसचिव चन्दनकुमार यादब, जिससका कमलेश्वर बिराजी, राजबिराज नगरपालिका बिपद शाखाका प्रमुख उमेश यादब, सशस्त्र प्रहरी उपरिक्षक खेम बहादुर थापा, भिम दल गणपति गुप्त बहादुर कुवर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
राजविराजबाट जनकपुर जाँदै गरेको बस मिर्चौयामा  दुर्घटना, दुई जनाको मृत्यु, २५ जना घाइते
रुपनीलाई हराउँदै डाक्नेश्वरीले हात पा¥यो दोश्रो मेयर कपको उपाधी
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
घाम लागेपछि केही राहत महसुस गर्दै स्थानियवासी
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
स्वास्थ्य मापदण्ड अपनाउँदै १७ मिनेट मै आदर्श अन्तरजातीय विवाह सम्पन्न
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
अनुगमनमा कडाई गर्दा व्यापारी आन्दोलनमा
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
विमानमा प्राविधिक समस्या  आएपछि बुद्ध एयरले फर्कायो यात्रु
…अनि श्रीमतीसँग माफी मागें
…अनि श्रीमतीसँग माफी मागें
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
वडा सदस्यहरुले विदाको दिन पनि दिए धर्नालाई निरन्तरता 
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव
समाजवादी र राजपाबीच एकीकरण बाहेक विकल्प छैन् ः उपेन्द्र यादव