पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

राजविराज राजविराज
|
सोमबार, चैत्र १८, २०८१
|
|
३२ पटक हेरिएको
Shares
पत्रकार हत्याबारे सुक्ष्म अनुसन्धानको  माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सारांश

  •     महासंघ सप्तरी शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउँदै यस्तो माग गरेको हो ।
  •     पत्रकार रजकको हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुरÞ्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
  •     चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याइएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको पत्रमा उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 

    पत्रकार सुरेश रजकको हत्याबारे सुक्ष्म अनुसन्धान गर्न सरकारसँग माग गर्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
    महासंघ सप्तरी शाखाले सोमबार जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण बुझाउँदै यस्तो माग गरेको हो ।
    पत्रकार रजकको हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन, सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुरÞ्याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रबन्ध मिलाउन ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
    चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भिडियो खिच्ने क्रममा पत्रकार सुरेश रजकको आगोमा जलेर ज्यान गएको, अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय भवनको भुइँतल्लामा आगो लगाउनुको साथै ढुंगामुढा गरी क्षति पु¥्याइएको, कान्तिपुर टेलिभिजनको भवनमा ढुंगामुढा गरी क्षति पु¥याइएको, हिमालयन टेलिभिजनको सवारी साधनमा तोडफोड गरी क्षति पु¥याइएको, पत्रकार दिनेश गौतममाथि आक्रमण गरी खुट्टा भाँचिएको र फोटो पत्रकार निराज तामाङको क्यामेरा हराएको पत्रमा उल्लेख छ ।
    विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्का घटनाहरूमा संलग्नहरूलाई तत्काल कानुनी कारवाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रबन्ध मिलाउन पनि माग गरिएको छ ।
    ‘एक साताभित्रै मागहरू सम्बोधन हुने विश्वसनीय आधार निर्माण गर्न जिल्ला प्रशासन कार्यालय, सप्तरी मार्फत नेपाल सरकारसमक्ष आग्रह गरिन्छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘अन्यथा महासंघ सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रन बाध्य हुनेतर्फ ध्यानाकर्षण गराइन्छ ।’
    नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवको नेतृत्वमा गएका पत्रकारहरुले प्रमुख जिल्ला अधिकारी भोला दाहाल मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका हुन ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ