सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित

राजविराज राजविराज
|
शुक्रबार, चैत्र १३, २०७७
|
|
८१ पटक हेरिएको
Shares
सामाजिक विकास मन्त्री साहद्वारा ज्येष्ठ नागरिक सम्मानित

सारांश

  •     सामाजिक विकास मन्त्रालयद्वारा आयोजित “ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण” कार्यक्रममा सो सम्मान गरिएको हो ।
  •       कार्यक्रममा सहभागि मध्ये कतिपय बृद्धबृद्धा असशक्ताका कारण मञ्चमा पुग्न नसक्दा मन्त्री साह उनीहरु बसेकै स्थानमा पुगि दोसल्ला ओढाएर सम्मान गरे ।
  •       सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले ज्येष्ठ नागरिक समाजमा जिउँदा इतिहास र अनुभवका खानी भएकाले उनीहरुबाट वर्तमान र भावी पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १३ चैत । 
    प्रदेश २ का सामाजिक विकास मन्त्री मन्त्री नवल किशोर साहले शुक्रबार एक कार्यक्रमबीच राजविराजमा पाँच दर्जन बढी ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । 
    सामाजिक विकास मन्त्रालयद्वारा आयोजित “ज्येष्ठ नागरिकमा भएको ज्ञान, सीप र अनुभव अन्तरपुस्तामा हस्तान्तरण” कार्यक्रममा सो सम्मान गरिएको हो । 
    कार्यक्रममा सहभागि मध्ये कतिपय बृद्धबृद्धा असशक्ताका कारण मञ्चमा पुग्न नसक्दा मन्त्री साह उनीहरु बसेकै स्थानमा पुगि दोसल्ला ओढाएर सम्मान गरे । 
    सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले ज्येष्ठ नागरिक समाजमा जिउँदा इतिहास र अनुभवका खानी भएकाले उनीहरुबाट वर्तमान र भावी पुस्ताले धेरै कुरा सिक्नु पर्ने बताए । उनीहरुलाई सधै सम्मान गर्दै जाने र यसका लागि प्रदेश सरकारको बजेट तथा नीति कार्यक्रममा पनि थप सम्मान हुने खालका विभिन्न योजना समावेश गरेको जानकारी दिए । 
    मन्त्री साहले ज्येष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि प्रदेश सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत जनाए । 
    सोही कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख देवकुमारी खत्रीले ज्येष्ठ नागरिकप्रति घर, समाज तथा राष्ट्रबाटै सम्मानजनक व्यवहार गरिनु पर्नेमा जोड दिइन् । 
    कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य पुनम यादव, केअमावीका प्रअ दिनेश यादव, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादव, जसपा सप्तरीका अध्यक्ष सुनिल झा, पूर्वसांसद नागेन्द्र झा, ज्येष्ठ नागरिक काशीनाथ जोशी लगायतले पनि बोल्दै ज्येष्ठ नागरिकमा भएको अनुभव र ज्ञानबाट शिक्षा लिँदै भावी पुस्ता अघि बढ्नु पर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
बन्धकमा रहेको दलित अगुवा सदाको शव चार दिनपछि ल्याइयो
मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय  
मिथिला कपमा युथ क्रिकेट बजाज र रौतहट ११ बिजय  
चट्याङ्ग लागेर बृद्धको मृत्यु, आगलागिमा दुई घर नष्ट
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
राजावादीहरुले फागुन ३० गते  जनआन्दोलनको मिति घोषणा गर्दै
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन 
आप्रवासी कामदार हकहित संरक्षण केन्द्रद्वारा पाँच बुँदे मागसहित ज्ञापन 
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
संघ सरकारबिरुद्ध मधेश प्रदेश  सरकार आन्दोलनमा
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
सेना बिपद् प्रतिकार्यका लागि उच्च सतर्क र तयारी अवस्थामा बस्नु पर्छ ः मन्त्री लेखी
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
किसानहरुको समस्याप्रति प्रदेश सरकारको खासै ध्यान नपुगेको प्रदेशसभा सदस्य यादवको आरोप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
क्लबको जग्गा व्यक्तिको नाममा गएपछि गाउँपालिकाले ग¥यो हस्तक्षेप
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित
प्राध्याक विश्वकर्मा तथागत  शिखर पुस्कारबाट सम्मानित