लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 

राजविराज राजविराज
|
मंगलबार, मंसिर १४, २०७८
|
|
६० पटक हेरिएको
Shares
लोसपाद्वारा किसानका समस्या समाधान गर्न माग 

सारांश

  •     लोसपा सप्तरी अध्यक्ष मण्डलका सदस्य अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय नेता दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, बिनोद यादव, बिजय यादव लगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाइएको हो ।
  •     बुझाइएको उक्त ज्ञापन पत्रमार्फत कोरोना, बाढी र बेमौसमको वर्षाले जिल्लाका किसानले ब्यापक क्षति भोग्नु परेको उल्लेख गर्दै अविलम्ब किसानलाई राहत प्रदान गर्न पहल गर्न माग गरिएको छ ।
  •       ज्ञापनपत्र मार्फत समयमै मलखाद तथा बिउबिजन उपलब्ध गराउन, जिल्लामा कृषि उत्पादन समाग्रि भण्डारण गर्न, शित भण्डार र गोदाम घरको व्यवस्था मिलाउन, अन्न बालीमा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न कृषि विमामा किसानको पहुँच बढाउन, कृषि उपज बृद्धिका लागि तालिम संचालन गर्न तथा किसानलाई आवश्यक क्षतिपूर्तीको व्यवस्था मिलाउन लगायतका ९ बुँदे माग अघि सारिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ मंसिर । 
    लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले किसानको समस्या समाधान गर्न माग गर्दै मंगलबार सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ । 
    लोसपा सप्तरी अध्यक्ष मण्डलका सदस्य अध्यक्ष सुनिल कुमार झा, केन्द्रिय नेता दिनेश यादव, दिपेन्द्र चौधरी, पुनम यादव, बिनोद यादव, बिजय यादव लगायतको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाइएको हो ।
    बुझाइएको उक्त ज्ञापन पत्रमार्फत कोरोना, बाढी र बेमौसमको वर्षाले जिल्लाका किसानले ब्यापक क्षति भोग्नु परेको उल्लेख गर्दै अविलम्ब किसानलाई राहत प्रदान गर्न पहल गर्न माग गरिएको छ । 
    ज्ञापनपत्र मार्फत समयमै मलखाद तथा बिउबिजन उपलब्ध गराउन, जिल्लामा कृषि उत्पादन समाग्रि भण्डारण गर्न, शित भण्डार र गोदाम घरको व्यवस्था मिलाउन, अन्न बालीमा लाग्ने रोगको प्रकोप नियन्त्रण गर्न कृषि विमामा किसानको पहुँच बढाउन, कृषि उपज बृद्धिका लागि तालिम संचालन गर्न तथा किसानलाई आवश्यक क्षतिपूर्तीको व्यवस्था मिलाउन लगायतका ९ बुँदे माग अघि सारिएको छ । 
    प्रधानमन्त्रीको कार्यालय, प्रदेश २ मुख्यमन्त्रीको कार्यालय, कृषि तथा पशपंक्षि विकास मन्त्रालयसमेतलाई बोधार्थ दिइएको उक्त ज्ञापनपत्रमा किसानले समयमै मल तथा बिउबिजन नपाउँदा थप पीडामा परेको उल्लेख गरिएको छ । ज्ञापन पत्र बुझ्दै प्रजिअ गौतमले तत्कालै सम्बन्धीत निकायमा पठाई समस्या समाधान गर्न पहल गर्ने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?