दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
सप्तरी जिल्लामा आत्महत्याका घटना दिनानुदिन बढ्दै गइरहेको छ । यी यस्ता घटना न्यूनिकरणका लागि प्रहरीले विभिन्न पालिकाहरुमा सचेतना अभियान चलाईरहेको छ । तर, पनि घटना रोकिनुको साटो बढ्दै गएको छ ।
पछिललो पटक जिल्लाको बोदेबर्साईन नगरपालिकामा एक महिलाले शनिबार किरा मार्ने ओषधी सेवन गरि आत्महत्या गरेकी छिन् । योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो नगरपालिका वडा नं. ८ काचन बस्ने ४५ वर्षिया कुसुमदेवी साहले चामलमा राख्ने किरा मार्ने औषधी सेवन गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार किरा मार्ने औषधी सेवन पश्चात् उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
यता घटना बारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । यसअघि मात्रै शनिवारै जिल्लाको विष्णुपुर गाउँपालिका ३ मुसहरु टोलमा ३२ वर्षिया ममता मरिकले झुण्डिएर आत्महत्या गरेकी छिन भने जिल्लाको खडक नगरपालिका ८ विसनपुर टोल बस्ने ७५ वर्षिय बृद्ध हजिरा मोती रहमान मियाँले तरकारी खेतीमा किरा मार्न प्रयोग गरिने सुपरकिलर नामक विषादी सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ ।
सप्तरीमा दिनानुदिन आत्महत्याका घटना बढ्दै, दुई महिनामा १८ जनाले गरे आत्महत्या
सारांश
- पछिललो पटक जिल्लाको बोदेबर्साईन नगरपालिकामा एक महिलाले शनिबार किरा मार्ने ओषधी सेवन गरि आत्महत्या गरेकी छिन् ।
- योसँगै जिल्लामा २ महिनाको अबधिमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या १८ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- सो नगरपालिका वडा नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया