दैनिक समाचारदाता
राजविराज, १० पुस ।
उपचारको अभावमा एक दृष्टिबिहीन किशोरी विगत डेढ दशकदेखी घर मै वस्न बाध्य भएकी छिन् ।
जन्मदै दृष्टिबिहीन रहेकी राजविराज नगरपालिका १ की १५ वर्षिया सुनिता कुमारी रजक उपचार खर्चको अभावमा घर मै वस्न बाध्या भएकी हुन ।
एउटा पनि आँखा देख्न नसक्ने उनलाई बाहिर कसैले दुःख नदिउन भनेर सुरक्षाका लागी पनि घर भित्रै राख्ने गरेको बुवा सुला रजकले सुनाए । दैनिक मजदुरी गरेर गुजारा चलाउने सुला जन्मदै आखाँको ज्योती गुमाएकी छोरीको रकम अभावका कारण उपचार गराउन नसकिएको तथा सुरक्षाको दृष्टिकोणले घर मै राखिएको बताए ।
सुनिताकी बुवा सुलाले एक पटक राजविराजमा आयोजना गरिएको निःशुल्क आ स्ँखा उपचार शिविरमा जचाउँदा चिकित्सकले छोरीको दुबै आँखामा पानी नभएको र नशा सुकेकाले उपचार गर्न नसकिने भन्दै फर्काइदिएको सुनाए ।
६३ वर्षिय सुला नगर क्षेत्रमा सरसमान बोक्ने ठेला चलाएर ४ छोरी र श्रीमतीको पेट पाल्दै आएका छन् । दृष्टिविहीन रहेकी छोरी सबभन्दा कान्छी हुन् । ३ छोरीको आँखा राम्रा भएपनि सुनितको आँखा बिग्रनुलाई सबैले अचम्म मानेका छन् । गर्भवती समयमा औषधी सेवन गर्दा आमालाई कतै इन्फेक्सन भएर या जीनका कारणले चौथो बच्चा दृष्टिविहीन जन्मीएको हुन सक्ने आँखा रोग विशेषज्ञहरुको भनाई छ ।
यता सुनिताले एक पल्ट जन्म दिने आमा, बुवा र संसार देख्ने इच्छा रहेको बताउँदै छोरीको आँखाको ज्योती फर्काउने आर्थिक अभावले नसकेको बताउने बृद्ध पिता सुलाले सहयोगको याचना समेत गरेका छन् ।
उपचारको अभावमा दृष्टिबिहीन १५ वर्षिया सुनिता घरमै बस्न बाध्य
सारांश
- जन्मदै दृष्टिबिहीन रहेकी राजविराज नगरपालिका १ की १५ वर्षिया सुनिता कुमारी रजक उपचार खर्चको अभावमा घर मै वस्न बाध्या भएकी हुन ।
- एउटा पनि आँखा देख्न नसक्ने उनलाई बाहिर कसैले दुःख नदिउन भनेर सुरक्षाका लागी पनि घर भित्रै राख्ने गरेको बुवा सुला रजकले सुनाए ।
- दैनिक मजदुरी गरेर गुजारा चलाउने सुला जन्मदै आखाँको ज्योती गुमाएकी छोरीको रकम अभावका कारण उपचार गराउन नसकिएको तथा सुरक्षाको दृष्टिकोणले घर मै राखिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया