अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल

राजविराज राजविराज
|
मंगलबार, कार्तिक २०, २०८१
|
|
३४ पटक हेरिएको
Shares
अस्पतालको फार्मेसीमा औषधि छैन भन्न पाइदैन् ः स्वास्थ्य मन्त्री पौडेल

सारांश

  •     राजविराजस्थित रामराजा स्थास्थ विज्ञान प्रतिष्ठान निर्मणस्थल तथा गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
  •     कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेले अस्पतालका सिटिस्क्यान, एमआरआई जस्ता सेवा बिग्रेको बहानामा थन्क्याएर राख्न नमिल्ने भन्दै एमआरआई, सिटिस्क्यान बिग्रेपनि सरकारी अस्पतालकै दररेटमा प्राईभेट अस्पतालमा चेकजाँचको व्यवस्था मिलाईनु पर्ने उनले निर्देशन समेत दिए ।
  •       उनले अस्पतालका डाक्टरले पनि विहान नौ देखि चार बजेसम्म विरामी भए पनि नभए पनि अस्पतालमै समय दिन जरुरी रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले अस्पतालको फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाईने बताउँदै त्यसो पाइएमा गैरकानूनी ठह¥याई त्यस्तालाई दण्डित गरिने बताएका छन् । 
    राजविराजस्थित रामराजा स्थास्थ विज्ञान प्रतिष्ठान निर्मणस्थल तथा गजेन्द्र नारायण सिंह अस्पतालको मंगलबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
    कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री पौडेले अस्पतालका सिटिस्क्यान, एमआरआई जस्ता सेवा बिग्रेको बहानामा थन्क्याएर राख्न नमिल्ने भन्दै एमआरआई, सिटिस्क्यान बिग्रेपनि सरकारी अस्पतालकै दररेटमा प्राईभेट अस्पतालमा चेकजाँचको व्यवस्था मिलाईनु पर्ने उनले निर्देशन समेत दिए । 
    उनले अस्पतालका डाक्टरले पनि विहान नौ देखि चार बजेसम्म विरामी भए पनि नभए पनि अस्पतालमै समय दिन जरुरी रहेको बताए । यस्तै स्वास्थ्य विमाको रकम एक लाखबाट बढाएर पाँच लाख पु¥याउने तयारीमा सरकार लागेको कुरा बताए । 
    राज्यले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिए पनि दरबन्दी भने वर्षौंदेखि थप नगरिएका कारण स्वास्थ्य सेवा प्रभावित रहेको खुलासा गर्दै उनले छिट्टै दरबन्दी थप गरी विभिन्न अस्पतालमा रिक्त स्थानको पूर्ति गरिने जानकारी दिए । 
    सरकार चिकित्सकको सुरक्षा तथा सेवा थप गर्न तयार रहे पनि उपचारमा कमी भएमा कारवाही गर्न पनि पछि नपर्ने उनको चेतावनी थियो । मन्त्री पौडेलले कुनै पनि बहानामा उपचार सेवा रोक्न नमिल्ने जिकिर गरे । 
    सो अवसरमा मन्त्री पौडेललाई अस्पताल सुधार र प्रतिष्ठान निर्माणका लागी तत्काल चाल्नु पर्ने आवश्यक कदमबारे सप्तरीका राजनीतिक दलहरुको तर्फबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अशोक कुमार मण्डलले अस्पतालमा दरबन्दी अनुसारको जनशक्ति, आवश्यक उपकरण तथा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि आवश्यक बजेट बिनियोजन गर्न माग राख्दै ज्ञापन पत्र समेत बुझाएका छन । 
    कार्यक्रममा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्वाधार तयारी विकास समितीका अध्यक्ष प्रा.डा. पशुपती चौधरी तथा गजेन्द्र नारायण सिह अस्पतालका मेडिकल सुपरिटेन्डेट डा.श्रीराम तिवारीले क्रमशः प्रतिष्ठान र अस्पतालको अवस्थाबारे मन्त्री पौडेल समक्ष प्रतिवेदन पेश गरेका थिए । 
    मन्त्री पौडेल मंगलवार नै राजविराजस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा प्रेस युनियनद्वारा आयाजित पत्रकार सम्मेलन तथा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित साह धर्मशालामा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा समेत सहभागी भएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?