दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
उच्च अदालत जनकपुर राजविराज इजलाशले राजविराज हटिया बजारमा मनपरी ढंगले भइरहेको सेड निर्माण कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ ।
हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको हो ।
स्थानिय माधवप्रसाद साह र विशेश्वर प्रसाद चौधरीले राजविराज नगरपालिकाको कार्यालय, नगर प्रमुख शम्भु प्रसाद यादव, ७ नं. वडा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र ठेकेदार कम्पनीलाई समेत विपक्षी बनाई चैत १० मा निषेधाज्ञा मिश्रित उत्प्रेशन युक्त परमादेश मुद्दा दायर गरेका थिए ।
हाल राजविराज ७ स्थित हटिया बजारमा भइरहेको सेड निर्माण कार्य स्टिमेट र नक्शासँग मेल नखाएको, दुई तल्ले सेड निर्माणले हटिया प्रवेश गर्ने सडकहरु झन साघँुरो बनाएको, हटियास्थित ऐतिहासिक लक्ष्मी नारायण राधाकृष्ण मन्दिरको सौन्र्दयतालाई छोपेको, बन्न लागेको सेड निर्माणले भुकम्प, आगलागिलगायतका दैविक प्रकोपबाट हुन सक्ने सम्भावित जोखिमको ख्याल नगरिएको तथा आवागमनमा समेत लामो समयका लागि अवरोध उत्पन्न गराएको दायर गरिएको मुद्दामा उल्लेख छ ।
सो मुद्दा उपर सुनुवाई गर्दै न्यायाधिश मण्डलले सार्वजनिक सरोकारसँग सम्बन्धित विषय रहेकाले दुबै पक्षलाई आगामी ३ बैशाखमा छलफलका लागि बोलाइने तथा सो अवधीसम्मका लागि सेड निर्माण कार्य नगर्नु÷नगराउनु भनी विपक्षिको नाममा अन्तरिम आदेश जारि गरिएको हो ।
हटियामा सेड निर्माण कार्य रोक्का गर्न अदालतको अन्तरिम आदेश
सारांश
- हटियावासीको तर्फबाट दायर रिट निवेदन उपरको प्रारम्भिक सुनुवाईमा उच्च अदालत जनकपुर राजविराज इजलाशका न्यायाधिश सिताराम मण्डलको एकल इजलाशले हटियाको सेड निर्माण कार्य रोक्न अन्तरिम आदेश जारि गरेको हो ।
- स्थानिय माधवप्रसाद साह र विशेश्वर प्रसाद चौधरीले राजविराज नगरपालिकाको कार्यालय, नगर प्रमुख शम्भु प्रसाद यादव, ७ नं.
- वडा कार्यालय, सघन सहरी तथा भवन निर्माण आयोजना र ठेकेदार कम्पनीलाई समेत विपक्षी बनाई चैत १० मा निषेधाज्ञा मिश्रित उत्प्रेशन युक्त परमादेश मुद्दा दायर गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया