महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 

राजविराज राजविराज
|
सोमबार, बैशाख २४, २०८१
|
|
५५ पटक हेरिएको
Shares
महिलाहरु तरकारी खेतीतर्फ आकर्षित 

सारांश

  •     महिलाहरुको सक्रियतामा दिनाभद्री कृषक समुह बनाएर महिलाहरु तरकारी खेतीमा लागेका हुन् ।
  • १५ जना महिलाहरु मात्र रहेका सदस्यहहरुले तरकारी खेती गरेर आयआर्जन गर्नेतर्फ आकर्षित भएका हुन ।
  •       सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल संस्थाले वीउबिजन, खाद्य, मल सहयोग गरेपछि खेतीतर्फ रुचि जागेको कृषक समुहकी अध्यक्ष कविता कुमारी सदाले बताइन् ।

अरुण कुमार यादव
राजविराज, २४ बैशाख ।

    सप्तरीको सुरुङ्गा नगरपालिकाका महिलाहरु तरकारी खेतीतर्फ आकर्षित हुँदै गएका छन् । सो नगरपालिका ९ का दलित महिलाहरु समुह बनाएर तरकारी खेती सुरु गरेका छन ।
    महिलाहरुको सक्रियतामा दिनाभद्री कृषक समुह बनाएर महिलाहरु तरकारी खेतीमा लागेका हुन् । १५ जना महिलाहरु मात्र रहेका सदस्यहहरुले तरकारी खेती गरेर आयआर्जन गर्नेतर्फ आकर्षित भएका हुन । 
    सेभ द चिल्ड्रेनको सहयोगमा सबल नेपाल संस्थाले वीउबिजन, खाद्य, मल सहयोग गरेपछि खेतीतर्फ रुचि जागेको कृषक समुहकी अध्यक्ष कविता कुमारी सदाले बताइन् । उनले वेरोजगार बनेर घरमै बस्नुभन्दा तरकारी उब्जाएर पैसा कमाउनु नै इमान्दारीता रहेको उल्लेख गरिन् ।
    यस्तो अवस्थामा सबल नेपाल संस्थाले तरकारी खेती कसरी गर्ने, यसबाट हुने आम्दानीको बिषयमा तालिम दिएका कारण तरकारी खेती गर्न लागेको समूहका अध्यक्ष सदाले भने ।
    करिब १४ कठ जग्गामा दलित महिलाहरु मिलेर तरकारी खेतीमा लागेका उनीहरु बिहान आप्mनो घरको काम सकाएर बाँकी समय तरकारी खेतीमै बिताउने गरेको सबल नेपालका कृषि अधिकृत आशिष चौधरीले जानकारी दिए ।  
    दिनाभद्री कृषक समुहका सदस्य ललिता सदाले तरकारी खेतीबाट आम्दानी गरेर आप्mनो घर ब्यवहार चलाएर छोराछारीको पढाई खर्च समेत निकाल्ने गरेको बताइन् । सिँचाईको अभाव रहेको बेला सबल नेपालले कृषि मिटर सहयोग गरेका कारण पानीको अभाव नहुदा अहिले तरकारी खेती गर्न चर्को घाममा पनि कुनै फरक नपरेको उनको भनाई छ । उनीहरुले लौका, फर्सि, खुर्सानी, भन्टा, खिरा, प्याज लगायतका तरकारी खेती गरेका छन् ।
    यस्तै चन्द्रमुखी कृषक समूह मिलेर यहाँ बिभिन्न प्रकारका तरकारी खेती गर्ने गरेका छन् । ब्यक्तिगत जग्गामा अहिले उनीहरु साग, प्याज, बोरी, खुर्सानी, मुला, खिरा, फर्सी लगायत बिभिन्न समयमा लाग्ने तरकारी खेती गरेर राम्रो आम्दानी गर्ने गरेका छन ।   
    समुहका सदस्य राजकुमार महतोले ४ वटा छोरा÷छोरीले उच्चशिक्षा सम्म पढाउन निधोकका  साथ तरकारी खेतीमा जुटेका छन । मलेशियाबाट फर्किएपछि उनँले पाँच कठ जग्गामा तरकारी खेती गरेर अहिले बर्षिक ५ लाख भन्दा बढी आम्दानी गर्ने गरेको सुनाए । 
    उनी बिदेशबाट फर्किएपछि तरकारी खेती गर्न मन बनाएपछि सबल नेपालले बिउ, कृषि पम्प, बिषादी छर्ने औषधीहरु सहयोग गरेको थियो । 
    यस्तै धिरेन्द्र यादवले पनि आप्mनो बुबाले गरेको तरकारी खेतीमा सघाउने गर्छन । कक्षा १२ मा अध्ययनरत उनी छुटिको समयमा तरकारी खेतीमा रमाउने गर्छन् । नन्धारी बुलेट खुर्सानी, सेमनीत माली काक्रो, बोरी, करेला, लौका, गोलभेडा, आलु, राई र पालक साग लगाएका तरकारी खेतमा लगाएका छन ।  चन्द्रमुखी कृषक समूहका अध्यक्ष जीवन प्रसाद यादवले १० बिगाहमा सामुहिक रुपमा तरकारी खेती गरेका छन ।  
    यस क्षेत्रमा घोरगधा र बादरको आंतक रहे पनि तरकारी खेतिबाट लाखौको आम्दानी गर्न किसानहरु पछि हटेका छैनन् । सबल नेपालबाट हाले सोलार पम्प सहयोग गरेपछि तरकारी खेतीमा थप उर्जा थपिएको सदस्य रामवती महतो बताउछन् । समुहिक तरकारी खेतीका फाइदा बेग्लै भएकोले यसले घरपरिवार आप्mनो जिविकोपार्जन गर्न सजिलो भएको उनको भनाई छ ।
    त्यस्तै जिल्लाको खडक नगरपालिका ४ अमहाका कृषक समुहले तरकारी खेतीवाट बार्षिक लाखौ आम्दानी गर्दै आएका छन् । नगरपालिकाको अमाहा टोलका रामजानकी कृषक समुहका १८ सदस्यहरूले तरकारी खेतीले बार्षिक ५० हजार देखि २ लाख सम्म आम्दानी गर्ने समूह सदस्य सुनिता बस्नेतको भनाई छ ।
    बस्तीका लगभग २ सय जना परिवारको दिनचर्या परिवर्तनमा सो समुहका सदस्यहरूले गरेको  बचतबाट घरपरिवार र बालबालिकाहरूको पठनपाठनमा लगानी लगाउने गरेको समुहकी अर्की सदस्य मानकी रामले बताइन् । 
    सबल नेपालद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत उक्त समुहलाई संयुक्त रूपमा लिजमा खेत उपलब्ध गराईदिएपछि उनीहरूको जीवनमा परिवर्तन हुँदै गएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
एकै गाउँका दुई राष्ट्रिय अध्यक्ष एकै क्षेत्रबाट भिड्ने, जसपाका अध्यक्ष यादव र जनमतका अध्यक्ष डा. राउत आमने–सामने हुँदै
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
सदस्यता टुंगो नलगाई साधारणसभा,  अधिवेशन नगर्न युनियनद्वारा ध्यानाकर्षण 
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
नेवि संघले जलाए प्रधानमन्त्रीको पुतला
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
वडा कार्यालयको ताला फुटाइयो, पीडित पक्षद्वारा आन्दोलन चर्काउने चेतावनी
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
पत्रकारहरुको संघर्ष समितिले प्रधानमन्त्रीलाई  बुझाए १६ बुँदे माँगसहितको ज्ञापन 
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट
छिन्नमस्ता गाउँपालिकाले समयमै ल्यायो बजेट
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
भारी वर्षापछि बलानमा कटान, ब्यारेजको ३३ वटा ढोका खुल्यो
प्रियालाई उर्मिला स्मृति पुरस्कार
प्रियालाई उर्मिला स्मृति पुरस्कार