दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासी पुनः आन्दोलनको तयारीमा जुटेका छन् ।
यस अघि चार चरणको आन्दोलन गरिसकेका नगरवासीले अझै माग पुरा नभएपछि पाचौ चरणको आन्दोलनमा जाने तयारी थालेका हुन् ।
आइतबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादव, संघर्ष समितिका संयोजक इरसाद अन्सारी, संघर्ष समितिका वार्ता टोली सदस्य शम्भुलाल देव लगायतको अगुवाईमा बसेको बैठकले पाचौं चरणका आन्दोलनमा जाने निर्णय गरेको छ ।
यसका लागि आउदो शनिबार नगरवासीको बृहत भेला बस्ने र सोही भेलाबाट पाचौ चरणको आन्दोलन कार्यक्रम तय गरिने निर्णय भएको बैठकमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले जानकारी दिए ।
यसअघि ब्लक, बिटोरी जग्गाको आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा बिटौरी जग्गाको लालपूर्जा वितरणका लागि अविलम्ब पहल गर्ने सहमति भएको थियो । तर सो सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै नगरवासी पुनः आन्दोलित भएका हुन् ।
बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बञ्चित रहेका छन् ।
लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
सारांश
- यस अघि चार चरणको आन्दोलन गरिसकेका नगरवासीले अझै माग पुरा नभएपछि पाचौ चरणको आन्दोलनमा जाने तयारी थालेका हुन् ।
- आइतबार जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साह, राजविराज नगरपालिकाका नगर प्रमुख (हाल निलम्बित अवस्थामा) भिमराज यादव, संघर्ष समितिका संयोजक इरसाद अन्सारी, संघर्ष समितिका वार्ता टोली सदस्य शम्भुलाल देव लगायतको अगुवाईमा बसेको बैठकले पाचौं चरणका आन्दोलनमा जाने निर्णय गरेको छ ।
- यसका लागि आउदो शनिबार नगरवासीको बृहत भेला बस्ने र सोही भेलाबाट पाचौ चरणको आन्दोलन कार्यक्रम तय गरिने निर्णय भएको बैठकमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख साहले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया