भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 

राजविराज राजविराज
|
सोमबार, श्रावण २, २०७९
|
|
२३ पटक हेरिएको
Shares
भारतीय नोट सटही सुविधा  नहुदाँ सर्वसाधारण हैरान 

सारांश

  •     सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थ तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोट आवश्यकता पर्छ ।
  • अर्को तीर अहिले साउन महिनाको शूरुवातसंगै भारतको झारखण्डराज्यस्थित देवघर (बाबाधाम) बोलबम जानेहरुको संख्या पनि सप्तरीबाट उल्लेख्यरहने गरेको छ ।
  •       तर भारतीय नोटको अभावका कारण यती तिर्थ गर्नेहरु हैरान परेसान छन् ।

दैनिक समाचारदाता
राजविराज, २ साउन ।
    भारतीय नोटको चरम अभाव देखिएको छ । सप्तरी सदरमुकामराजविराजसहित जिल्लाका प्रमुख बजारमा भारतीय नोट सटही सुविधा नहुँदा नहुदाँ सर्वसाधारण हैरान भएका छन् । 
    सीमावर्ती बजारमा किनमेल प्रयोजनका लागी मात्र नभई भारतमा उपचार, शिक्षा, तिर्थ तथा पर्यटन प्रयोजनका लागी पनि भारतीय नोट आवश्यकता पर्छ । अर्को तीर अहिले साउन महिनाको शूरुवातसंगै भारतको झारखण्डराज्यस्थित देवघर (बाबाधाम) बोलबम जानेहरुको संख्या पनि सप्तरीबाट उल्लेख्यरहने गरेको छ । 
    तर भारतीय नोटको अभावका कारण यती तिर्थ गर्नेहरु हैरान परेसान छन् । प्रचण्ड गर्मीर चर्काे घाममा समेत उनीहरु विहानै देखि बजारका विभिन्न पसलर बैंकको गेट अघि पुगेर भारतीय नोट साट्नका लागि सोध्ने गरेका छन् । तर, जिल्लामा एउटा पनि भारतीय नोट साट्ने सटही काउन्टर नहुँदा उनीहरु निराश भएका छन् । 
    चार वर्ष अघि सम्मराजविराजस्थितराष्ट्रिय बाणिज्य बैंकले भारु सटही सुविधा उलब्ध गराउदै आएको थियो । तर बन्द गरिएको सो सेवा ४ वर्ष वितिसक्दा पनि पुनःसुचारु हुन सकेको छैन । अन्य कुनै बैंक देखि मनिचेन्जरले पनि भारु सटही सेवा उपलब्ध न गराउँदा सर्वसाधारण हैरानी भोग्न बाध्य छन् । 
    राष्ट्रिय बाणिज्य बैंक शाखाराजविराजका सहायक प्रबन्धक अजय प्रताप गौतमले माथी कै आदेशबाट भारतीय रुपैया सटही काउन्टर बन्द गरिएकोले सर्वसाधारणलाई सो सेवा दिन न सकिएको लाचारी ब्यक्त गरे । 
    यस्तो अवस्थामा कतिपयले महगो दरमा भारतीय नोट साटेर भए पनि गर्जाे टार्न बाध्य भएको सर्वसाधारणको गुनासो छ । स्थानीय बजारका केही कारोवारीले सयकडा ५ देखि ७ रुपैया सम्म वट्टा काटेर भारतीय नोट उपलब्ध गराउने भएकाले सर्वसाधारणलाई उनीहरुसँग भारतीय नोट सटही गर्ने काम निकै महँगो पर्ने गरेकोराजिराज ७ का उमाकान्त साहले बताए । 
    सर्वसाधारण मात्र नभई यहाँका उधोगी व्यवसायीलाई पनि भारतीय नोटको अभावले उत्तिकै पिरोलेको छ । यसरी भारतीय नोटको अभावले सबै क्षेत्रमा प्रभाव पारेको भन्दै स्थानीयले बन्द गरिएकोराष्ट्रिय बाणिज्य बैंकको भारु सटही काउन्टर संचालन गर्नू पर्ने माँग गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
टिपरमा गिटी र बालुवाले छोपेर भारततर्फ लैजादै गरिएको १ हजार ७ सय १७ किलो गाजा बरामद 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सरकारी कार्यालयमा सेवा प्रवाह तथा सुधारका लागि प्रदेशसभा सदस्यद्वयको चासो 
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
सप्तरीमा संक्रमितको संख्या ५ सय ३१, ६ जना प्रहरी पनि संक्रमित
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
खेलकुदका प्रशासनिक तथा प्राविधिक कर्मचारीहरु दोश्रो चरणको आन्दोलनमा 
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
कलवार जातिका वरिष्ठ दानबिर भगतसहित नवनिर्वाचित प्रमुख गुप्ता र अध्यक्ष चौधरी सम्मानित
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
सहकारी ठगीका आरोप लागेका तातेड ६ महिनापछि रिहा
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै
एमाले अध्यक्ष ओली आज सप्तरी आउँदै
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न
गैससको दोस्रो जिल्ला नागरिक  सम्मेलन तथा दशांै अधिवेशन सम्पन्न