दैनिक समाचारदाता
राजविराज, १६ बैशाख ।
अगामी ३० गते हुने स्थानिय तहको निर्वाचनका लागी सप्तरीको महादेवा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएका एक उम्मेदवारले शुक्रवार उम्मेदवारी फिर्ता लिएको छ ।
उम्मेदवारी फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट अलग भई स्वतन्त्र उम्मेदवारी दिएका मोहमद डोमन छन् । उनले आफुले सकारात्मक रुपले राखेको मोह माया र प्रतिष्ठा र पार्टीमा रहेका सम्पुर्ण साथीहरुसँग भावनात्मक उच्चबिचार रहेकाले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
उनले पार्टीको सम्पुर्ण पदका अधिकारीक उम्मेदवारको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता संचारकर्मी समक्ष ब्यक्त गरेका छन ।
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य एंव जिल्ला इन्चार्ज अशोक कुमार मण्डल, मधेस प्रदेशका सदस्य महेश प्रसाद यादवले अध्यक्ष पदमा स्वतन्त्रबाट मोहमद डोमनले दिएको उम्मेदवारी शुक्रवार फिर्ता लिएकोमा धन्यवाद व्यक्त गरेका छन् ।
अध्यक्ष पदबाट उम्मेदवारी फिर्ता
सारांश
- उम्मेदवारी फिर्ता लिनेमा नेकपा (माओवादी केन्द्र)बाट अलग भई स्वतन्त्र उम्मेदवारी दिएका मोहमद डोमन छन् ।
- उनले आफुले सकारात्मक रुपले राखेको मोह माया र प्रतिष्ठा र पार्टीमा रहेका सम्पुर्ण साथीहरुसँग भावनात्मक उच्चबिचार रहेकाले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् ।
- उनले पार्टीको सम्पुर्ण पदका अधिकारीक उम्मेदवारको पक्षमा चुनावी अभियानमा लाग्ने प्रतिवद्धता संचारकर्मी समक्ष ब्यक्त गरेका छन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया