दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
राजविराजस्थित आशीमियाँ दारुलउलन मदरसामा प्रधानाध्यापक र शिक्षकहरुकै अगुवाईमा गरिएको तालाबन्दी तलब पाउने सहमतिपछि बुधवार खोलिएको छ ।
उक्त मदरसामा कार्यरत शिक्षक, शिक्षिकाले विगत तीन महिनादेखि तलब पाउन नसकेको भन्दै अघिल्लो दिन मंगलवार तालाबन्दी गरेका थिए ।
मदरसाकोे बैंक खातामा तलब खान पुग्ने गरी रकम मौज्दात हुदा हुदै पनि ब्यक्तिगत रिसइबीका कारण चाड पर्वका वेलमा समेत अध्यक्ष आसिन मियाँले तलब खुवाउन आलटाल गर्दै गएपछी आक्रोसित शिक्षक÷शिक्षिकाले तालाबन्दी गरेका थिए ।
२४ जना छात्र र ६२ जना छात्र गरी कुल ८६ जना विद्यार्थी अध्ययनरत मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाइ हुन्छ ।
अध्यक्षको मनोमानीका कारण मदरसामा वेला वेलमा विवाद उत्पन्न हुने गरेको स्थानीय अभिभावहरुको गुनासो छ । तालाबन्दी पछी मदरसाको पठन पाठन ठप्प भएपछि राजविराज नगरपालिका शिक्षा शाखा प्रमुख भोगेन्द्र यादव, वडा अध्यक्ष चन्द्रशेखर चौधरी लगायत स्थानीय अभिभावकहरुको भेलाले दुबै पक्षलाई राखी छलफल र वार्ता गरेको थियो ।
छलफलमा मदरसा व्यवस्थापन समितिका अध्यक्ष आसिन मियाँले शिक्षक÷शिक्षिका र मौलबीको बाँकी बक्यौता रहेको सम्पुर्ण तलब बुधबार नै खुवाउने प्रतिबद्धता जनाएपछि तत्कालै तालबन्दी खोलिएको तथा पठन पाठन सुचारु भएको प्रधानाध्यापक रुवीना वेगमले बताईन ।
पाँच जना शिक्षक÷शिक्षिका रहेको मदरसा राजविराज नगरपालिकाबाट वार्षिक अनुदान स्वरुप प्राप्त हुने २ लाख ४१ हजार रुपैयाको बजेटबाट संचालन हुदै आएको छ ।
मदरसाको तालाबन्दी खुल्यो
सारांश
- उक्त मदरसामा कार्यरत शिक्षक, शिक्षिकाले विगत तीन महिनादेखि तलब पाउन नसकेको भन्दै अघिल्लो दिन मंगलवार तालाबन्दी गरेका थिए ।
- मदरसाकोे बैंक खातामा तलब खान पुग्ने गरी रकम मौज्दात हुदा हुदै पनि ब्यक्तिगत रिसइबीका कारण चाड पर्वका वेलमा समेत अध्यक्ष आसिन मियाँले तलब खुवाउन आलटाल गर्दै गएपछी आक्रोसित शिक्षक÷शिक्षिकाले तालाबन्दी गरेका थिए ।
- २४ जना छात्र र ६२ जना छात्र गरी कुल ८६ जना विद्यार्थी अध्ययनरत मदरसामा उर्दु, अरबी, दिनियातका साथै नेपाली, अंग्रेजी र गणित विषयको पढाइ हुन्छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया