दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
कोभिड १९ महामारीसंगै जाडोयाम र शीतलहर प्रकोपको समयमा बढी प्रभावित हुने परिवारहरुलाई विभिन्न जाडो राहत सामाग्रि बितरण गरिएको छ ।
अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो ।
कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् ।
बितरण गरिएको सामाग्रिहरुमा डबल साइजको खोल भएको फाइवर सिरक एक थान, उनीको साँल एक थान, पानी तताउने स्टीलको जग एक थान र सानो प्लास्टिकको झोला एकथान रहेको छ ।
तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण
सारांश
- अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं.
- १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो ।
- कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन
कला एवं संस्कृतिलाई प्रर्वद्धन गर्नुपर्छ ः प्रदेश प्रमुख लाभ
चार दिनदेखि किशोरी वेपता
विपद् व्यवस्थापन तथा उद्धारसम्बन्धी व्यावहारिक अभ्यास
कुशवाहा कल्याण समाज सप्तरीको कार्यालय उद्घाटन
सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए
आवश्यक सतर्कता अपनाउन प्रशासन कार्यालयको अनुरोध
प्रतिक्रिया
० प्रतिक्रिया