दैनिक समाचारदाता
राजविराज, ९ माघ ।
कोभिड १९ महामारीसंगै जाडोयाम र शीतलहर प्रकोपको समयमा बढी प्रभावित हुने परिवारहरुलाई विभिन्न जाडो राहत सामाग्रि बितरण गरिएको छ ।
अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो ।
कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् ।
बितरण गरिएको सामाग्रिहरुमा डबल साइजको खोल भएको फाइवर सिरक एक थान, उनीको साँल एक थान, पानी तताउने स्टीलको जग एक थान र सानो प्लास्टिकको झोला एकथान रहेको छ ।
तीन सय परिवारलाई जाडो राहत सामग्री बितरण
सारांश
- अतिविपन्नमा परेका दलित, जनजाती, गर्भवती, सुत्केरी महिला एवं अपाडंगता भएका परिवारको पहिचान गरि सप्तरीको कंचनरुप नगरपालिका वडा नं.
- १, २, ४, ५, ७, ९, १० का तीन सय प्रभावित घरपरिवारहरुलाई ती राहत समाग्रि बितरण गरिएको हो ।
- कोशी पीडित समाज सप्तरी र अक्सफाम नेपालको संयुक्त साझेदारीमा संचालित स्वच्छताको लागी व्यवहार परिवर्तन परियोजना अन्तरगत यूके एड युनिलिभरको आर्थिक सहयोगमा ती सामाग्रिहरु बितरण गरिएको संस्थाका कार्यकारी निर्देशक देवनारायण यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया