विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन

राजविराज राजविराज
|
आइतबार, माघ २५, २०७७
|
|
२५ पटक हेरिएको
Shares
विघटनबिरुद्ध जसपाद्वारा प्रदर्शन  प्रधानमन्त्रीको पुतला दहन

सारांश

  •     जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरबाट निस्केको बिरोध जुलुश बजार परिक्रमा गर्दै स्थानिय नेता चौकमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।
  •     पुतला दहन पश्चात् आयोजित बिरोध सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् ।
  •     बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा लगायतले बोलेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
    जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंबैधानिक निर्णयविरुद्ध आइतबार राजविराजमा प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुतला दहन गरेको छ ।
    जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा राजविराजस्थित शिव मन्दिरबाट निस्केको बिरोध जुलुश बजार परिक्रमा गर्दै स्थानिय नेता चौकमा प्रधानमन्त्रीको पुतला दहन गरेको हो ।
    पुतला दहन पश्चात् आयोजित बिरोध सभामा वक्ताहरुले प्रधानमन्त्रीको असंबैधानिक कदम अलोकतान्त्रिक भएको भन्दै सो कदम नसच्याए आन्दोलनबाटै संसद पुर्नवहाली गर्ने चेतावनी दिएका छन् ।
    बिरोधसभामा राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, पार्टीका केन्द्रिय सदस्य रेणु यादव, केन्द्रीय कार्यकारणी समिति सदस्य केशव झा लगायतले बोलेका थिए । 
    जसपा नेता रामप्रित यादबको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर समिति अध्यक्ष अमरनाथ झा, रमिला साह, रंजित यादब, गुडु सिँह, लक्ष्मण यादब लगायतले संविधान तथा लोकतन्त्रको मर्यादा विपरित हैकमवादी शैलीमा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी देश र जनताको इच्छा विपरित नयाँ निर्वाचनमा गर्न खोजिएको भन्दै बिरोध जनाएका थिए । 
    प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि उक्त असंबैधानिक कदम अलोकतान्त्रिक र प्रतिगामी भन्दै जसपाले चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको छ ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
निर्णय सच्याउन माँग गर्दै काँग्रेस, जसपा र जनमत पार्टीको प्रदर्शन
बाढी प्रभावितलाई नगद राहत वितरण
बाढी प्रभावितलाई नगद राहत वितरण
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
मालपोतका निमित्त प्रमुख र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ 
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
सीके राउतद्वारा राष्ट्रपतिसहित विभिन्न राजनीतिक  दलका शिर्ष नेतासँग भेटवार्तालाई तिब्रता
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
खोला किनारमा महिला मृत फेला,  टाउँकोमा चोट लागेका पुजारी मृत्यु
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
राजविराजले समयमा बजेट ल्याउन नसक्दा आलोचित बन्दै
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
आगोमा नगद ५४ हजारसहित ९ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर नष्ट
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
शिक्षकहरुको जिल्लान्तर सरुवा  आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो