दैनिक समाचारदाता
राजविराज, ९ भदौं ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले आइतबार पार्टीको तेश्रो वार्षिकोत्सव मनाएको छ ।
पार्टी स्थापना भएको तेश्रो वर्षको अवसरमा राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।
जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा पार्टीका केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान राजनीतिक परिवेशमा पार्टीको भूमिका बारे चर्चा गरेका थिए ।
पार्टीका जिल्ला सचिव बिजय कुमार रायद्वारा संचालित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, पूर्व राज्यमन्त्रि चन्द्रकान्त चौधरी, सहमहासचिव कुवँरनाथ मिश्र, केन्द्रिय सदस्य दिनेश कुमार यादव, शम्भु यादव, उपेन्द्र साह, जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादव, प्रदेश सदस्य योगेन्द्र खेरवार, मानती सदा, जिल्ला सहसचिव जयनारायण यादव, कोषाध्यक्ष मनोज झा, रुपनी गाउँपालिका संयोजक पिताम्बर यादव लगायतले समेत तेश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
सोही कार्यक्रममा राजविराजकी सुनिता दासले लोसपाको सदस्यता लिएकी छिन् । उनलाई कार्यक्रमका अध्यक्ष तथा प्रमुख अतिथिले फुलमाला लगाई पार्टीका स्वागत गरेका थिए ।
लोसपाले मनायो वार्षिकोत्सव
सारांश
- पार्टी स्थापना भएको तेश्रो वर्षको अवसरमा राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरीको सभाकक्षमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव मनाएको हो ।
- जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा पार्टीका केन्द्रिय उपाध्यक्ष जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वक्ताहरुले वर्तमान राजनीतिक परिवेशमा पार्टीको भूमिका बारे चर्चा गरेका थिए ।
- पार्टीका जिल्ला सचिव बिजय कुमार रायद्वारा संचालित कार्यक्रममा केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, पूर्व राज्यमन्त्रि चन्द्रकान्त चौधरी, सहमहासचिव कुवँरनाथ मिश्र, केन्द्रिय सदस्य दिनेश कुमार यादव, शम्भु यादव, उपेन्द्र साह, जिल्ला समन्वय समिति सप्तरीका उपसभापति शम्भु कुमार यादव, प्रदेश सदस्य योगेन्द्र खेरवार, मानती सदा, जिल्ला सहसचिव जयनारायण यादव, कोषाध्यक्ष मनोज झा, रुपनी गाउँपालिका संयोजक पिताम्बर यादव लगायतले समेत तेश्रो वार्षिकोत्सवको अवसरमा शुभकामना मन्तव्य दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया