बाढीग्रस्त क्षेत्रमा एकैदिन तिन बाढीपीडित सर्पदंशबाट घाईते

राजविराज राजविराज
|
सोमबार, आषाढ ३०, २०७६
|
|
५२ पटक हेरिएको
Shares

सारांश

  •     बाढी सँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ का ५० बर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षिय रामकुमार यादव घाईते भएका हुन् ।
  •       बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् ।
  • तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० असार ।
    सप्तरीका बाढी पीडितहरु धनजनले पीडित भएकै बेला अहिले उनीहरु सर्पको डरत्रासले समेत त्रसित बनेका छन् । बाढी प्रभावित क्षेत्रमा सर्प देखिने क्रम बढ्दै जाँदा एकैदिन तीन जना बाढीपीडित सर्पदंशबाट घाईते भएका छन् । 
    बाढी सँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ का ५० बर्षिय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षिय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षिय रामकुमार यादव घाईते भएका हुन् । 
    बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पीडितका आफन्तले बताएका छन् । तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । 
    अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंशका घटना बढेको छ । 
    अस्पतालको तथ्यांक अनुसार विगत ५ दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागी आएका छन भने दैनिक ४ देखि ७ जना सम्म सर्पदंशबाट घाईते भई उपचारका लागी आउने गरेका छन् । 
    जसमध्ये अधिकांश जिल्लामा बाढीबाट सर्वाधिक प्रभावित तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाको ग्रामिण भेगका वडाका बासिन्दाहरु छन् । 
    यस्तै जिल्ला अस्थित अन्य अस्पताल, सर्पदंश उपचार केन्द्र तथा प्राईभेट क्लिनिकहरुमा समेत सर्पदंशका विरामीहरु हवात्तै बढेको सम्बद्घ संचालकहरुले बताएका छन् । सर्पदंशको घटना हवात्तै बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधी प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमन लाल दासले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
तरकारी खेतीमा सिचाईका लागी स्लाइन पानीको बोतल प्रयोग
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
संशोधनका लागि आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई उपेन्द्र यादवको निर्देशन 
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
अध्यादेश परिमार्जनको माँग गर्दैै स्थानिय तहका कर्मचारी आन्दोलित
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
सप्तरीमा तीन हजार घर डुवानमा, ३ सय भन्दा बढी बिस्थापित, सेना र प्रहरी प्रभावित क्षेत्रमा 
राष्ट्रिय सभाको निर्वाचन पार्टीहरुको प्रतिष्ठाको लडाई  
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
निर्वाचन दिवसको अवसरमा मतदाता दर्ता सप्ताहको आयोजना
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
राजविराज जनप्रतिनिधिहरुको उदासिनताका कारण अझै व्यवस्थित हुन सकेन
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा