वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने

राजविराज राजविराज
|
शुक्रबार, भाद्र १, २०८०
|
|
२९ पटक हेरिएको
Shares
वालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यविधि पारित हुने

सारांश

  •     उक्त कार्यबिधिले बिधालय बाहिर रहेका वालिकालाई बिधालय ल्याउने, वालिकाहरूको बालमैत्री कोठा, शौचालय, बालमैत्री धारा, गुनासो सन्यन्त्रको अबस्था केटाले केटीलाई गर्ने दुर्व्यवहार न्युनिकरण जस्ता योजनाहरू रहेको छ ।
  •     कार्यक्रममा राजबिराज नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादबले बालिकाहरूको सम्पुर्ण क्षेत्रको अबस्था वारेमा, लैंगिक मैत्री वातावरण वारेमा पालिका गम्भीर भई कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए ।
  •     उनले भने बिधालय ब्यबस्थापन समितिले बिधालयको संरक्षण, मर्मत सम्भार, सरसफाई, अनुगमन र जनताप्रति उत्तरदायी भई बिधालयको शैक्षिक अबस्थामा सुधारमा एकजुट हुनुपर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १ भदौं ।

    राजबिराज नगरवालिकाले वालिका तथा समाबेशी शिक्षा सम्बन्धी कार्यविधि पारित गर्ने भएको छ । शुक्रवार राजबिराज नगरपालिको सभाहलमा आयोजित बालिका तथा समाबेशी शिक्षा संजालको बैठकले बालिका तथा फरक क्षमता भएका वालिका, दलित, समाबेशी अपांग, बिधालय बाहिर रहेको वालिकाको लागी कार्यबिधि बनाएका छन ।
    उक्त कार्यबिधिले बिधालय बाहिर रहेका वालिकालाई बिधालय ल्याउने, वालिकाहरूको बालमैत्री कोठा, शौचालय, बालमैत्री धारा, गुनासो सन्यन्त्रको अबस्था केटाले केटीलाई गर्ने दुर्व्यवहार न्युनिकरण जस्ता योजनाहरू रहेको छ ।
    कार्यक्रममा राजबिराज नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत भोगेन्द्र यादबले बालिकाहरूको सम्पुर्ण क्षेत्रको अबस्था वारेमा, लैंगिक मैत्री वातावरण वारेमा पालिका गम्भीर भई कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए ।
    उनले भने बिधालय ब्यबस्थापन समितिले बिधालयको संरक्षण, मर्मत सम्भार, सरसफाई, अनुगमन र जनताप्रति उत्तरदायी भई बिधालयको शैक्षिक अबस्थामा सुधारमा एकजुट हुनुपर्ने बताए ।
    निर्माण गरिएको कार्यबिधि बोर्ड बैठकमा पेश भईसकेकोले आउने बैठकमा पारित भएसँगै पालिका अन्तर्गत वालक्लवहरूको भेलाले नगरस्तरिय संजाल गठन गर्ने, बालविवाह न्युनिकरण र यौन दुव्र्यवहार लगायत जनचेतनामुलक कार्यक्रमका लागि यस आर्थिक बर्षमा संचालन गरिने महिला, वालवालिका शाखा अधिकृत अनिता चौधरीले बताईन ।
    यसैगरी आसमान नेपाल आरम्भ परियोजनाका कार्यक्रम अधिकृत शान्ता कुमारी सिंहले बिधार्थीहरूको सुरक्षाको अबस्था र बिधालयमा दिवा खाजाको ब्यबस्थापन गर्ने, शिक्षा र स्वास्थमा पहुँच पु¥याउने, बिधालय बाहिर रहेका वालिकाहरूलाई बिधालय भित्र ल्याउने, सुरक्षाको भुमिका लगायत कार्ययोजना बनाई कार्यान्वयन गर्ने बताईन ।
    कार्यक्रममा राजबिराज समाजिक बिकास अधिकृत रामचन्द्र दास, स्वास्थ शाखा प्रमुख निरन्जन यादब, राजदेबी माबि ब्यबस्थापन समिति अध्यक्ष डम्वर नारायण यादब, नरेन्द्र मेमोरियल माबि बोरियाका प्रधानाध्यापक रमानन्द सुनरैत यादब, केअ माबिका सहायक प्राधानाध्यापक निलम मिश्रा, सबल नेपालका अशोक साह, पबिमाबिका बिरेन्द्र बिश्वकर्मा, बहिरावालक स्कुल शिक्षिका चाँदनी यादब, पत्रकार चन्दन यादब लगायतले बालिकाको समाबेशी शिक्षालाई सबल बनाउनुपर्नेमा जोड दिए ।
    जिकेसी÷युकेएडको आर्थिक सहयोगमा आसमान नेपालको साझेदारीमा पिस ईन निड नेपालको प्राबिधिक सहयोग र आरम्भ परियोजना अन्तर्गत राजबिराज नगरपालिकामा वालिका तथा समाबेशी शिक्षा सन्जालको बैठक सम्पन्न गरेको हो ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
सरकार तराई–मधेश विकास र समृद्धिमा लागि परेको छ ः प्रचण्ड
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
लगातारको वर्षाले सप्तरीको जनजिवन प्रभावित
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
स्थगित भएको काँग्रेस सप्तरीको जिल्ला अधिवेशन मंगलबार
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजसेवी देव दम्पतीद्वारा बृद्धबृद्धालाई  सम्मानसहित सिरक प्रदान
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
समितिकै पदाधिकारीद्वारा खेलकुद  समितिको प्रमुखको कार्यकक्षमा तालाबन्दी
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत 
छिमेकीद्वारा पाँच वर्षिया बालिका बलात्कृत