कृषि ज्ञान केन्द्रका प्रमुखसहित चार अधिकृत एकै दिन अनुपस्थित

राजविराज राजविराज
|
आइतबार, पौष ३, २०७९
|
|
२२ पटक हेरिएको
Shares
कृषि ज्ञान केन्द्रका प्रमुखसहित चार अधिकृत एकै दिन अनुपस्थित

सारांश

  •     कार्यालय प्रमुखसहित पाँच जना अधिकृत रहेको यस कार्यालयमा एकै दिन दुई जना अधिकृतलाई पारिवारिक समस्या भएको र अन्य दुई अधिकृतसहित एक जना सुब्बा भने मनोरञ्जनकालागि हुने आन्तरिक पर्यटनमा गएको पाईयो ।
  •       कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवलाई पारिवारिक समस्या भएकाले उनी आइतबार कार्यालय आएनन् भने अझ चार दिनसम्म कार्यालय आउन नसक्ने जानकारी उनले टेलिफोनमा गराए ।
  •       मलखाद बिना अहिले छटपटिएका किसानभन्दा पनि यस कार्यालयको अवस्था उनीहरु भन्दा कम छैन् ।

दैनिक समाचारदाता
राजविराज, ३ पुस ।

    कृषि ज्ञान केन्द्रको राजविराजस्थित कार्यालयमा १४ जना कर्मचारीको दरबन्दी मध्ये ९ जना कर्मचारीकै भरमा कार्यालय संचालनमा रहेको छ । यती मात्र नभएर यस कार्यालयमा आइतबार एक जना अधिकृत स्तरको कर्मचारी र दुई जना कार्यालय सहयोगी मात्र उपस्थित रहेका थिए । 
    कार्यालय प्रमुखसहित पाँच जना अधिकृत रहेको यस कार्यालयमा एकै दिन दुई जना अधिकृतलाई पारिवारिक समस्या भएको र अन्य दुई अधिकृतसहित एक जना सुब्बा भने मनोरञ्जनकालागि हुने आन्तरिक पर्यटनमा गएको पाईयो । 
    कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवलाई पारिवारिक समस्या भएकाले उनी आइतबार कार्यालय आएनन् भने अझ चार दिनसम्म कार्यालय आउन नसक्ने जानकारी उनले टेलिफोनमा गराए । 
    मलखाद बिना अहिले छटपटिएका किसानभन्दा पनि यस कार्यालयको अवस्था उनीहरु भन्दा कम छैन् । बिहान ११ बजे उक्त कार्यालय पुग्दा एक जना महिला कासको मात्रै उपस्थिती थियो । केही छिनमै एक जना अधिकृत दिनेशप्रसाद यादव र अर्का एक जना कासको आवगमन कार्यालयमा भयो ।
    सूचना अधिकारीसमेत रहेका अधिकृत यादव भने घरासयी कामकालागि एक घण्टा बैंकमा समय खर्चिएको सुनाए । उनका अनुसार कार्यालय प्रमुख यादव हाजिरीमा बिदा लेखेर गएका छन् भने कृषि अर्थविज्ञको पदमा कार्यरत किसुनदेव राउतलाई पनि पारिवारिक समस्याले कार्यालय आउन सकेन् ।
    बाँकी रहेको अधिकृतद्धय सुब्बालाल मण्डल र रामरत्न साहसँगै नायब सुब्बा परमानन्द मण्डल कार्यालयबाटै साताब्यापी आन्तरिक पर्यटन भ्रमणमा गएका रहेछन । सूचना अधिकारी यादवले वर्षमा एक पटक कार्यालयबाट मनोरञ्जनकालागि केही कर्मचारी आन्तरिक पर्यटन भ्रमणमा जाने गरेको जानकारी दिए । 
    लेखापालको दरबन्दी भएपनि हाललाई उक्त कार्यालयमा लेखापाल छैन । तर कार्यालयको कामकाज भने सापटीमा आउने लेखापालले गरिदिने गरेका छन् । 
    किसानलाई यतिबेला आवश्यक पर्ने बिउ तथा मलखाद्सँगै नियमित कार्यक्रमहरु सम्पन्न गराउनुपर्नेमा यसरी कर्मचारीहरु आफ्नै ढंगले हिड्नथालेपछि वार्षिक कार्यक्रमहरुसमेत प्रभावकारी नहुने शंका बढेको छ भने यस्तै लापरबाहीले गर्दा वार्षिक बजेट फिर्ता हुने गरेको छ । 
    कृषि ज्ञान केन्द्र सप्तरीलाई अहिले १ करोड ८० लाख बराबरको स्यालो ट्युबेल तथा कृषि यन्त्र वितरण कार्यक्रम, ९० लाखको ६ वटा कृषि सडक निर्माण, २५ लाखको मक्कै बाली प्रबर्द्धन र करिब २५ लाखको तेलहन, दलहन बाली प्रबर्द्धन तथा जैविक विविधताको संरक्षण कार्यक्रम सञ्चालन गर्नुपर्नेछ । यसबाहेक धानको समयमा २५ लाख बराबरको धानबाली प्रबर्द्धन कार्यक्रमकोलागि पनि बजेट बिनियोजन भएको छ ।
    तर कर्मचारीको ढिलाईसुस्तीले यी योजनाहरुको २५ प्रतिशत काम पनि अहिलेसम्म पूरा हुन सकेको छैन भने आर्थिक वर्षको ५ महिना बित्दा पनि कतिपय कार्यक्रम त सुरु समेत हुन सकेको छैन । ’मक्कै बालीकोलागि हालै हामीले सूचना जारी गरी वितरण प्रक्रिया अगाडी बढाएका छौं, सूचना अधिकारी यादवले भने, ’अरु कार्यक्रमहरु पनि हामी चाँडै सञ्चालन गर्छौं ।’
    एकै दिन कार्यालय प्रमुखसहित चार जना अधिकृतस्तरको कर्मचारी कार्यालयमा अनुपस्थित हुँदा वार्षिक कार्यक्रम सञ्चालन गर्न कस्तो समस्या भईरहेको प्रश्नमा उनले भने, ’एक त हामीसँग दरबन्दी बमोजिमका कर्मचारी नै छैन, भएका कर्मचारीहरु हामी आउने नै गरेका छौं, आज तपाईहरु आउँदा संजोगले मात्रै कर्मचारी साथीहरु उपस्थित हुनु भएन, हामी आफ्न कार्यक्रम समयमै सक्ने गरी काम अगाडी बढाउँछौं ।’     
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
भन्सार छलेर ल्याइएको सामान भण्डारण स्थलबाट बरामद
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
मधवापुरमा कुस्ती प्रतियोगिता सुरू 
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
दुई बयोबृद्ध नेताद्वारा जसपा परित्याग
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
सडक मर्मतको माग गर्दै सडकमै  धर्ना बसे गाउँपालिका अध्यक्ष
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
सत्तारुढ गठबन्धनका साझा उम्मेदवार ठाकुरले  सार्वजनिक गरे स्थानियस्तरका २६ बुँदे प्रतिबद्धता पत्र
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
३५ प्रतिशत उद्योगि ब्यवसायीका  सटरहरु बन्द ः केन्द्रिय सदस्य प्रधान
३५ प्रतिशत उद्योगि ब्यवसायीका  सटरहरु बन्द ः केन्द्रिय सदस्य प्रधान
मैसापको नेतृत्वका लागि निर्वाचन हुँदै 
मैसापको नेतृत्वका लागि निर्वाचन हुँदै 
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ 
१४ वर्षपछि हत्याका आरोपी बाबुछोरा पक्राउ