एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप

राजविराज राजविराज
|
बुधबार, माघ २३, २०८१
|
|
६२ पटक हेरिएको
Shares
एचपिभी अभियानको पहिलो दिन सप्तरीमा  चार हजार एक सय किशोरीलाई खोप

सारांश

  •     म्ुालुकभर अघिल्लो दिन मंगलवारदेखी एकै साथ संचालन भएपनि सप्तरीमा उक्त दिन सरस्वती पुजा सम्पन्न भई मुर्ती सेलाउने दिन परेकोले एकदिन ढिलो गरि अभियान सुरु गरिएको हो ।
  •       १८ वटा पालिका रहेको जिल्लामा पहिलो चरणमा माघ २३ देखी ३० माघ सम्म जिल्लाको ९ वटा पालिकामा अभियान चलाईएको छ ।
  • त्यसपछि फागुन १ देखी फागुन ६ सम्म बाकि रहेका ९ वटा पालिकामा उक्त अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ माघ ।

    महिलामा हुने पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान बुधवारदेखी सप्तरीमा सुरु भएको छ । सो अभियान अन्तरगत पहिलो दिन ४ हजार १ सय किशोरीहरुलाई खोप दिइएको छ । 
    म्ुालुकभर अघिल्लो दिन मंगलवारदेखी एकै साथ संचालन भएपनि सप्तरीमा उक्त दिन सरस्वती पुजा सम्पन्न भई मुर्ती सेलाउने दिन परेकोले एकदिन ढिलो गरि अभियान सुरु गरिएको हो । 
    १८ वटा पालिका रहेको जिल्लामा पहिलो चरणमा माघ २३ देखी ३० माघ सम्म जिल्लाको ९ वटा पालिकामा अभियान चलाईएको छ । त्यसपछि फागुन १ देखी फागुन ६ सम्म बाकि रहेका ९ वटा पालिकामा उक्त अभियान चलाईने जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख देवकान्त झाले जानकारी दिए । उनले जिल्लामा ३६ हजार ६ सय १ किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य रहेको जानकारी समेत दिए । 
    पहिलो चरण अन्तर्गत बुधवार रुपनी गाउँपालिकाबाट अभियान सूरु गरिएको हो । रुपनी गाउँपालिका १ रायपुरस्थित श्री कन्छु नर प्रताप माध्यमिक विद्यालय परिसर भित्र कायम गरिएको खोप केन्द्रमा १ सय ८० बालिका र किशोरीहरुलाई एचपीभी खोप लगाएर खोप अभियानको सूरुवात गरिएको छ । 
    जिल्ला खोप समन्वय समितिको अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहले खोप केन्द्रका स्वास्थ्यकर्मीहरुलाई खोप समाग्री हस्तान्तरण गर्दै अभियानको उदघाटन गरे ।
    प्रमुख जिल्ला अधिकारी भोला दाहालले पाठेघर मुखको क्यान्सर रोग विरुद्धको खोप अभियान अन्र्तगत जिल्ला भरीमा गरी कुल ४ सय ५० खोप केन्द्र कायम गरि ३६ हजार ७ सय १ किशोरीलाई खोप दिने लक्ष्य राखेको भन्दै लक्षित किशोरीहरु कोही पनि नछुटुन र यसका लागी सबै सचेत अभिभावकले पनि आ–आफनो स्तरबाट सकारात्मक भूमिका खेल्नुृ पर्नेमा जोड दिए । 
    अभियान उद्घाटन समारोहमा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडा, प्रमुख प्रशासकिय अधिकृत तारणी प्रसाद यादव, गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख डा. श्रीराम तिवारी, प्रधानाध्यापक परशुराम यादव, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दुर्गानन्द ठाकुर, विश्व स्वास्थ्य संगठनका प्रतिनिधी सरला न्यौपाने, जनस्वास्थ्य अधिकृतद्वय हिरेन्द्र प्रसाद साह, जागेश्वर खडका लगायतले पनि पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित हुनका लागी एचपीभी खोप लागाउन आवश्यक रहेको भन्दै यस अभियानलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
तिलाठी कोइलाडीको साढे ३८ करोड रकम बिनियोजन, खाँडो खोला नियन्त्रणका लागि विवादित जग्गाको मुआब्जा दिइने
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
मिटरब्याजी साह परिवारबाट पीडित भएकाहरुद्वारा अदालतकै अगाडी आत्महत्या गर्ने चेतावनी 
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
फुकुवापत्र दिएर पुन: ऋण वापतको ब्याज र  जरिवाना लिने सनराइज बैंकको ठगि धन्दा  
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता शुरु
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै  गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
सबै भन्दा बढी मतदाता रहेको सप्तरी १ मा दुबै गठबन्धन तथा स्वतन्त्र उम्मेदवारबीच चुनावी भिडन्त
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
जब मुख्यमन्त्री सिंहले आफ्नै गृह जिल्लामा गरे अनुगमन –मापदण्ड विपरित संचालनमा रहेका, नविकरण नगरेका स्वास्थ्य संस्थाका सञ्चालकहरु सटर बन्द गरेर भागे
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
दुई भारतीय युवकसहित तीन जना लागु औषधसहित पक्राउ 
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा
१२ सीटका लागि १ सय ७६ जना चुनावी प्रतिस्पर्धामा

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन