शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 

राजविराज राजविराज
|
मंगलबार, माघ २८, २०७६
|
|
१०८ पटक हेरिएको
Shares
शिक्षाको बिकास तथा गुणस्तरीय शिक्षाका लागि प्रतिबद्ध छौ ः मन्त्री साह 

सारांश

  •     उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो ।
  • चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
  •     अहिले प्रदेश सरकारले ट्रान्जेक्सन पिरियडमा काम गरिरहेकोले सरकारको ऐनकानुन र अधिकार बन्ने पिरियडमा रहेकोले छिट्टै समस्याहरूको सामाधान हुने बताउनुभयो ।

दैनिक समाचारदाता
राजविराज, २४ माघ ।
    समाजिक विकास मंन्त्री नवलकिसोर साहले प्रदेश २ का शिक्षाको विकास तथा गुणस्तरीय शिक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।
    उनले भने मधेश शिक्षामा धेरै पछाडी परेकोले शिक्षाको बिकास, गुणस्तरीयता र सुधारका लागि शिक्षक, अभिभावकहरूले जिम्मेवार भएर कर्तब्यको पालना गर्नुपर्ने बताउनुभयो । चाँडौ भन्दा चाडौ प्रदेशको विभिन्न जिल्लामा सम्पुुर्ण ब्यबस्था सहित शिक्षा तालिम केन्द्रको स्थापना गर्ने समेत प्रतिबद्धता जनाउनु भएको छ ।
    अहिले प्रदेश सरकारले ट्रान्जेक्सन पिरियडमा काम गरिरहेकोले सरकारको ऐनकानुन र अधिकार बन्ने पिरियडमा रहेकोले छिट्टै समस्याहरूको सामाधान हुने बताउनुभयो । अर्काका छोरा÷छोरीलाई आफ्नो छोरा÷छोरी सरह पठाउनु भयो भने पक्कै तपाईको छोरासरह अरूको छोरा÷छोरीले सफलता हासिल गर्ने छ, ।
    आठ वटै जिल्लाको लागि तत्काल शिक्षा तालिम केन्द्र बारालाई जिम्मेवारी दिएपनि छिट्टै अन्य जिल्लामा पनि बिस्तार गर्ने बताउनु भएको छ । मन्त्री साहले हामी सबैको प्रण सार्वजनिक शिक्षा प्रणालीको सबलिकरणको लागि राजबिराजमा १० दिने शिक्षकको पेशागत बिकास प्रमाणिकरण तालिमको उद्घाटन गरेको छ ।
    शुक्रवार राजबिराजमा समाजिक बिकास मन्त्रालयको सहयोग तथा शिक्षा तालिम केन्द्र कलैया, बाराद्वारा आयोजित आधारभुत बिद्यालयका सिरहा र सप्तरीका गणित शिक्षकहरूको लागि तालिमको आयोजना गरिएको हो ।
    सो अवसरमा शिक्षा तालिम केन्द्र बाराका प्रमुख गोपाल प्रसाद कडेलले प्रदेश २ का तीन वटा तालिम केन्द्रलाई संचालनमा ल्याउने बताउनुभयो ।
    यहाँबाट बारा जिल्ला जान कठिनाई हुने भएकोले यहाँ तालिम केन्द्रलाई पुनः संचालनमा ल्याउने भन्ने बारेमा ऐन कानुन बनेपछि सामाधान हुने बताउनुभयो । शिक्षाको गुणस्तरलाई अगाडि बढाउन नेतृत्व वर्ग तयार रहेको अबस्थामा तालिमको सहयोगवाट शिक्षक कक्षा कोठा सम्म पुरयाउने, क्षमताको बिकासको लागि शिक्षकको गरिमामय उपस्थिति हुनु आबश्यक रहेको बताउनुभयो ।
    शिक्षा बिकास तथा समन्वय ईकाई सप्तरीका प्रमुख फणिन्द्र खत्रीले अभिभावक अनुसार बालवालिकाहरूले गुणस्तरीय शिक्षा पाउन नसकेकोले यस तालिमले ठुलो सहयोग पुग्ने बिश्वास लिएको बताए । उनले भने गणित बिषयमा बालवालिकाहरूले फरक तरिकाबाट कक्षा कोठामा शिक्षा दिएमा तालिमको उपलब्धि हुने बताउनुभयो ।
    सो कार्यक्रम प्रशिक्षक परशुराम यादब शिक्षाको गुणस्तर कायमका लागि शिक्षकहरूलाई प्रशिक्षण दिई प्रशिक्षित गर्नु आबश्यक रहेको बताउनुभयो । एनप्याब्सनका जिल्ला अध्यक्ष बोकु साह आठ वटै जिल्लाका निजी बिद्यालयका शिक्षकहरूलाई पनि प्रशिक्षण दिनुपर्ने बताए । 
    सो अवसरमा राजपाका युवा नेता बिनोद कुमार यादब, राष्ट्रिय बिद्यार्थी सँघका केन्द्रीय अध्यक्ष किशोर कुमार यादब, जिल्ला अध्यक्ष शम्भु कुमार यादब, शिक्षा तालिम केन्द्रको शाखा अधिकृत भागिरथ झाले लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संचालन प्रशिक्षक योगेन्द्र प्रसाद यादबले गरेका थिए ।
    सो तालिममा सप्तरी र सिरहाका आधारभुत बिद्यालयका गणित २५ जना शिक्षक÷शिक्षिकाहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी