बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा

राजविराज राजविराज
|
शुक्रबार, पौष १, २०७९
|
|
५३ पटक हेरिएको
Shares
बिटोरी जग्गाधनी आन्दोलन गर्ने तयारीमा

सारांश

  •     बिहीबार राजविराजमा जग्गा खरीद बिक्रि कारोबारलाई सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउने उद्देश्यले संचालनमा ल्याइएको हाईटेक रियल स्टेट प्रालि कार्यालयको उद्घाटन समारोहमा सहभागि वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् ।
  •       उनीहरुले बुबा–बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसक्ने स्थितिमा पुगेको भन्दै अविलम्ब उक्त समस्याको समाधान नखोजिए आन्दोलन गर्ने चेतावनी दिए ।
  •       कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित प्रदेशसभा सदस्य महेशप्रसाद यादवले केही वर्षअघि सरकारले बिटोरी जग्गाको कारोवारमा रोक लगाउँदा जग्गाधनीहरु मर्कामा परेको बारे निकै गुनासा प्राप्त भएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।

    राजविराज नगरपालिकाका बिटोरी (ब्लक) जग्गाबाहकले आन्दोलन चर्काउने चेतावनी दिएका छन् । 
    बिहीबार राजविराजमा जग्गा खरीद बिक्रि कारोबारलाई सुरक्षित, ब्यवस्थित र मर्यादित बनाउने उद्देश्यले संचालनमा ल्याइएको हाईटेक रियल स्टेट प्रालि कार्यालयको उद्घाटन समारोहमा सहभागि वक्ताहरुले यस्तो चेतावनी दिएका हुन् । 
    उनीहरुले बुबा–बाजेको पालादेखी रहेको आफ्नो जग्गा समस्या पर्दा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसक्ने स्थितिमा पुगेको भन्दै अविलम्ब उक्त समस्याको समाधान नखोजिए आन्दोलन गर्ने चेतावनी दिए । 
    कार्यक्रमका प्रमुख अतिथि नवनिर्वाचित प्रदेशसभा सदस्य महेशप्रसाद यादवले केही वर्षअघि सरकारले बिटोरी जग्गाको कारोवारमा रोक लगाउँदा जग्गाधनीहरु मर्कामा परेको बारे निकै गुनासा प्राप्त भएको बताए । उनले ५ हजार भन्दा बढी परिवार बिटोरी जग्गा सम्बन्धी समस्यामा परेको बताउँदै समस्या समाधानका लागि आफू पीडितहरुको साथमा रहेको बताए । 
    उनले गाउँ ब्लक र बिटोरी जग्गा पीडितहरुको समस्या समाधानका लागि आफूले सडकदेखी प्रदेशसभा सदनसम्म जोडदार रुपमा कुरा उठाउने प्रतिबद्धता समेत ब्यक्त गरे । 
    कार्यक्रममा समाजसेवी दिपेन्द्र चौधरीले समस्या पर्दा आफ्नै स्वामित्वको जग्गा धितो राखेर ऋण लिन खोज्दा बैंकले बिटोरी जग्गा बिक्रि बितरणमा सरकारले रोक लगाएकोले ऋण दिन नसकिने भन्दै फर्काइदिने गरेको बताउँदै अब आन्दोलनको विकल्प नरहेको बताए । 
    आफ्नो समस्या पर्दा जग्गा बिक्रि बितरण गर्न र बैंकमा राखेर ऋण समेत लिन नसक्ने स्थितिमा पुग्दा अधिकांशले चर्को ब्याजदरमा व्यक्तिसित ऋण लिन बाध्य भएको अर्का बक्ता निर्माण ब्यवसायी संघ सप्तरीका पूर्वअध्यक्ष बिजय दासको भनाई थियो । 
    निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवले आफ्नो कार्यकालमा सरकारले नगरपालिका क्षेत्रको बिटोरी जग्गाको खरीद बिक्रिमा रोक लगाएपछि जग्गाधनीहरु समस्यामा परेको बताए । त्यतिबेला नै आफुले निकै प्रयास गरे पनि सरकारले कुनै चासो नदेखाएकाले अब आन्दोलनकै बाटो रोज्नु पर्ने उनको भनाई थियो । 
    राजविराजको मुख्य बजार मेनरोड तथा आसपासको टोलमा रहेको ६८ विगहा जग्गा पछिल्लो पाँच वर्षदेखी बिक्रि बितरण गर्न र बैंकमा राख्न रोक लगाइएको हो । नगरपालिकाले यसअघि बिटोरी जग्गाको कर लिँदा दिइने रसिदकै आधारमा बिक्रि बितरण र बैंकमा राखेर ऋण लिने काम हुँदै आएको थियो । तर, सरकारले उक्त जग्गाको खरी बिक्रिमा लामो समयदेखी रोक लगाउँदा जग्गाधनीहरु समस्यामा परेका छन् । 
    संस्थाका अध्यक्ष मो. कौशर अलीको अध्यक्षतामा आयोजित कार्यालय उद्घाटन समारोहमा भूमि सुधार तथा मालोपात कार्यालयका प्रमुख रामनारायण शर्मा, नापी कार्यालयका प्रमुख शत्रुहन प्रसाद यादव, निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष रामअशिष साह, नेपाल सहकारी संस्था लि.का प्रमुख शत्रुघन प्रसाद गुप्ता, समाजसेवी जयप्रकाश ठाकुर लगायतले पनि जग्गा खरीद बिक्रि कारोबारलाई व्यवस्थित तथा बिटोरी जग्गा समस्या समाधान सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
प्रहरी सहायक निरिक्षक  महतो उत्कृष्ट प्रहरी घोषित
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
आर्थिक अभावले उपचार गराउन नपाएका सदाद्वारा ओच्छ्यानबाटै सहयोगको याचना
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरवा चरवाहरुको समस्या दलहरुले घोषणा पत्रमा समावेश गर्नुपर्ने माग
हरुवा चरुवा र विद्यालय बाहिर रहेका बालबालिकाले पाए शैक्षिक सामाग्रि
बकरईदको अवसरमा आज  प्रदेश २ मा सार्वजनिक विदा
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
छात्रवृत्तिको रकमबाट विद्यार्थीलाई पोशाक बितरण
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
जंगली हात्ति धपाउन  चार राउण्ड हवाई फायर