दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
जसपा नेता एवं पूर्व वडाध्यक्षसहित एकसय भन्दा बढी नेता÷कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस ३ नं. क्षेत्रिय समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा रुपनी गाउँपालिका १ निवासी जसपा नेता एवं पुर्व वडाध्यक्ष पिताम्बर सहित १ सय १० जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।
प्रवेश गर्नेहरुमा पिताम्बर यादवका साथै सत्यनारायण यादव, राजेन्द्र प्रसाद यादव, श्रीप्रसाद यादव, रामएकबाल यादव, प्रसादी राम, चन्दर कुमारी सदा, मो.तौफिक मियाँ सहित १ सय १० जना रहेको सचिव मण्डलले बताए ।
एकै साथ ठुलो संख्यामा अन्य पार्टी परित्याग गरी प्रवेश गरेपछि काँग्रेसलाई थप उर्जा प्रदान गरेको कार्यक्रमका प्रमुख अतिथि दिनेश कुमार यादवले बताए । उनी यसै क्षेत्रबाट काँग्रेसका प्रतिनिधिसभा सदस्यको उम्मेदवार समेत हुन् ।
नव प्रवेशीहरुलाई उनले अविरमाला लगाई पार्टीको सदस्यता प्रदान गरेका थिए । कार्यक्रम क्षेत्रिय सभापति भगवती यादवको अध्यक्षतामा आयोजना गरिएको थियो ।
पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
सारांश
- नेपाली काँग्रेस ३ नं.
- क्षेत्रिय समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा रुपनी गाउँपालिका १ निवासी जसपा नेता एवं पुर्व वडाध्यक्ष पिताम्बर सहित १ सय १० जना नेपाली काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलले जानकारी दिए ।
- प्रवेश गर्नेहरुमा पिताम्बर यादवका साथै सत्यनारायण यादव, राजेन्द्र प्रसाद यादव, श्रीप्रसाद यादव, रामएकबाल यादव, प्रसादी राम, चन्दर कुमारी सदा, मो.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया