वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार

राजविराज राजविराज
|
सोमबार, जेठ १४, २०८१
|
|
७१ पटक हेरिएको
Shares
वर्षौदेखी बस्दै आएको जग्गाबाट बिस्थापित  गराएपछि वास र पालको भरमा शर्मा परिवार

सारांश

  •     सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं.
  • ६ कठौनाका तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका हुन् ।
  •     सोही ठाउँका स्व.

दैनिक समाचारदाता
राजविराज, १४ जेठ । 

    विगत ५५ वर्षदेखी बसोवास गरेको जग्गाबाट बिस्थापित गराइएपछि तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका छन् । 
    सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ६ कठौनाका तीन परिवार वास र पालको भरमा बस्न बाध्य भएका हुन् ।
    सोही ठाउँका स्व. बिलट चौधरीका छोरा जोगेन्द्रले ७ धुर जग्गामा बसोवास गर्दै आइरहेका रामप्रकाश शर्मा, ओमप्रकाश शर्मा र जयप्रकाश शर्मालाई उक्त ठाउँ खाली गर्न लगाई घर समेत तोडफोड गरेर कबुल गरेको सट भर्ना जग्गा नदिदा उनीहरु बिचल्लीमा परेका छन । 
    बिलट चौधरी कहाँ हलो, कोदालो, फर्निचर निर्माणको काम गर्दै आएका शर्मा परिवारलाई काम गरे वापत ७ धुर जग्गा उपलब्ध गराएपछि विगत ५५ वर्षदेखी आफूहरु फुसको झुप्रो बनाई त्यहा बसोवास गर्दै आइरहेकोमा अहिले उठिवास गराएर कबुल गरेको जग्गा समेत नदिँदा आफूहरुको बिल्लीबाठ भएको पीडित मध्येका रामप्रकाश शर्माले बताए । 
    बिलट चौधरीको केही समय अघि मात्र निधन भएको थियो । बिलट चौधरी बाचुन्जेल कुनै प्रकारको हस्तक्षेप नगरे पनि निजको मृत्यु भएपछि छोरा जोगेन्द्रले आफूहरुलाई बलजफ्ती निकालेको पीडित मध्येकी सरिता देवी शर्माले बताइन् । “यहाँको जग्गा खाली गरि देउ त्यसवापत सोही वडाको अर्को ठाउँमा १५ धुर जग्गा सटभर्ना दिन्छु भनी कठौना प्रहरी चौकीमा समेत जोगेन्द्रले सहमति गरेको सुनउाँदै उनले भनिन्, आफ्नो घर अगाडीको हाम्रो घर भत्काएर अहिले प्रहरीसमक्ष गरेको सहमति समेत उल्लंघन गर्नाले हामीलाई बालबच्चालाई सुरक्षित राख्न समेत समस्या भएको छ । 
    बलजफ्ती शर्मा परिवारलाई त्यहाँबाट हटाइएपछि अहिले भूमिअधिकारकर्मीहरुको अगुवाई शर्मा परिवारलाई पुनःसोही स्थानमा बाँस, पाल, टाटी र परालको व्यवस्था गरी बसोवासको व्यवस्था मिलाइएको जिल्ला भूमि अधिकार मञ्चका सदस्य एवं दलित अगुवा युक्तिलाल मरिकले बताए । 
    यद्दपी चौधरी पक्षबाट फेरी पनि खाली गर्न दबाब सुरु भएको उनको भनाई छ । उनले शर्मा परिवारलाई उठिवासबाट जोगाउन मञ्चका जिल्ला अध्यक्ष सुरहित सदा, सचिव बासुदेव दास, कोषाध्यक्ष कारी दास, सदस्य रामा सदा लगायतको अगुवाईमा निकै प्रयास गरेपनी जोगेन्द्रले नमानेको गुनासो पोखे । 
    सोमबार एक प्रेस विज्ञप्तिमार्फत उनले यस्तै प्रकृतीको घटना सोही नगरपालिकाको वडा ७ का गंगा सदा र अहुरलिया देवी सदा माथी समेत भएको भन्दै पीडितलाई न्याय दिलाउन पहलका लागि सबै सँग आग्रह गरेका छन् । 
    यसबारे जिज्ञासा राख्दा जिल्ला प्रहरी कार्यालय सप्तरीका  प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले यस विषयमा पीडित भनिएकाहरुबाट आफू कहाँ उजुरी नआएको बताए । यद्दपी पत्रकारहरुबाट भर्खर जानकारी प्राप्त भएकाले घटनाको सत्यतथ्य बुझ्ने र छानबिन गरी दोषिलाई कानुनी दायरामा ल्याउने उनको कथन छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै 
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
नयाँ विरुवा उत्पादन र अतिक्रमित जग्गा घेरवार गरि वन बिस्तार गरिदै  
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
पानी तान्ने क्रममा मोटरमा  करेन्ट लागेर एकको मृत्यु
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
सरकार र गठबन्धनबीचको सहमति  नाटक ः पूर्वप्रम डा. भट्टराई
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
हिन्दू राष्ट्रका लागि लडाई जारि छ ः राष्ट्रिय अध्यक्ष पटेल  
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
मिश्रको हत्यामा संलग्न मुखिँया पक्राउ
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
माग पुरा गराउन हरवाचरवाहरु  पैदलै जनकपुर पुग्दै
आफ्नै छोरीको हत्या गर्ने आमा  र उनका प्रेमीलाई जन्मकैद

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?