विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ७, २०८१
|
|
८१ पटक हेरिएको
Shares
विटौरी जग्गा लगायतका समस्या समाधानका लागि निर्णायक आन्दोलनमा राजनीतिक दलका प्रतिनिधि तथा पूर्व मेयरहरुको पनि एक्यबद्धता

सारांश

  •     सप्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानको संयोजत्वमा गठित निर्णायक आन्दोलन समितिको अगुवाईमा सर्वदलीय तथा पूर्व मेयरहरुको बैठक सम्पन्न भएको हो ।
  •     बैठकका सहभागीहरुले विटौरी, ब्लक तथा सडक मापदण्डका नाममा नक्सा पासमा रोक लगायतका समस्या समाधानका लागि उद्योग वाणिज्य संघद्वारा गठित समितिले अगामी दिनमा गर्ने हरेक गतिविधि र आन्दोलनमा एक्यबद्धता, सक्रिय सभागीता र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
  •       यस्तै उक्त समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष गर्नुपर्ने पहलमा समेत सहयोग गर्ने बैठकका सहभागीहरु प्रतिबद्धता जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।

    विटौरी, ब्लक र सडक मापदण्डको नाममा लापूर्जा र नक्सा पासबाट समेत वञ्चित गराइएका राजविराज नगरवासीहरु जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि तथा राजविराज नगरपालिकाका पूर्व मेयरहरुसँग परार्मश बैठक सम्पन्न गरेका छन् ।
    सप्तरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण प्रधानको संयोजत्वमा गठित निर्णायक आन्दोलन समितिको अगुवाईमा सर्वदलीय तथा पूर्व मेयरहरुको बैठक सम्पन्न भएको हो ।
    बैठकका सहभागीहरुले विटौरी, ब्लक तथा सडक मापदण्डका नाममा नक्सा पासमा रोक लगायतका समस्या समाधानका लागि उद्योग वाणिज्य संघद्वारा गठित समितिले अगामी दिनमा गर्ने हरेक गतिविधि र आन्दोलनमा एक्यबद्धता, सक्रिय सभागीता र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
    यस्तै उक्त समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार समक्ष गर्नुपर्ने पहलमा समेत सहयोग गर्ने बैठकका सहभागीहरु प्रतिबद्धता जनाएका छन् ।
    राजविराज नगरपालिका विटौरी र ब्लक जग्गामा बसोबास गर्दै आएका करिब ५ हजार २ सय परिवार विगत ६५ वर्ष देखि लालपूर्जा पाउन सकेका छैनन् । यस्तै नगर भित्र सडक बनि सकेको क्षेत्रमा समेत सडक मापदण्डको नाममा नक्सा पास रोकिदा बैंक तथा वित्तिय संस्थाबाट समस्या परेका बेला उक्त जग्गा धित्तो राखि ऋण कर्जा पाउन नसक्दा नगरबासी समस्या छन् । 
    वि.स. २०१६ सालमै नगरपालिका घोषणा भएर नगरको मुख्य सडक आसपास घर निर्माण तथा पसल संचालन गरेर बस्दै आएका विटौरी र ब्लक जग्गा बाहकहरु हालसम्म लालपूर्जा पाउन सकेका छैनन् ।
    बैठकमा पूर्व मन्त्री महेश प्रसाद यादव, राजविराज नगरपालिकाका पूर्व मेयर गोविन्द सिंह, शैलेश चौधरी, नेपाली काँग्रेसका शम्भु लाल देव, नेकपा एमालेका देवनाथ यादव, नेकपा (माओवादी केन्द्र)का सुर्यनाथ यादव, जसपा नेपालका अध्यक्ष केदार यादव, जनमत पार्टीका सुरेन्द्र शर्मा, नेकपा एकृकित समाजवादीका अध्यक्ष प्रताप नारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिगम्बर साह, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अमित कुमार यादव, राष्ट्रिय मुक्ति पार्टीका संयोजक दिपेन्द्र प्रसाद चौधरी, उद्योग वाणिज्य संघका सल्लाहकार बैजु जोशी लगायत सहभागी थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
राजमार्ग बन्दलाई निरन्तरता जनमतका जिल्ला अध्यक्षसहित एक दर्जन पक्राउ
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
जनयुद्ध, मधेश आन्दोलन लगायत बिभिन्न  संघर्षमा शहिद भएका परिवारजन सम्मानित 
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
एक बर्ष भित्रै सप्तरीलाई साक्षर जिल्ला  घोषणा गर्ने स्थानिय तहको प्रतिबद्धता
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
लिट्मस र इक्विटी डाइभर्सिफाइड फण्डबीच साझेदारी
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
अम्पायर तथा स्कोरर संघको केन्द्रीय सदस्यमा सप्तरीका निरज सिंह निर्वाचित
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता पाण्डेबिरुद्ध तामाङ र मगर समुदायको प्रदर्शन
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 
नेकपा सप्तरीको बैठक स्थगित दुई पक्षबीच विवाद कायमै 
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
राजगढ गापाद्वारा ३६ करोड बढीको  अनुमानित आयब्यय सार्वजनिक
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह

छुटाउनुभयो कि ?