उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 

राजविराज राजविराज
|
बिहिबार, आश्विन २, २०८२
|
|
२८ पटक हेरिएको
Shares
उच्चद्वारा जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर सहयोग 

सारांश

  •     जेनजीको आन्दोलनमा अदालतमा तोडफोड, आगजनी र लुटपाट हुँदा पूर्ण रूपमा क्षति भएपछि सहयोग स्वरूप एकथान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको अदालतका रजिष्टार लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।
  •     सप्तरी जिल्ला अदालतमा काम गर्न कठिनाइ भएकोले थोरै भएपनि सहयोगका लागि तत्काल कम्प्युटर र प्रिन्ट उपलब्ध गराइएको उनले बताए ।
  •     सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जेनजीको आन्दोलनमा अदालतमा ठूलो क्षति भएपछि कम्प्युटर प्रिन्टरको अभावमा काम गर्न कठिनाई भएपछि थुनछेक आदेश हातले लेखेको र दशैसम्म व्यवस्थित नभएसम्म हातले लेख्ने बाध्यता रहेको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २ असोज । 

    उच्च अदालत जनकपुर राजविराज इजलासले सप्तरी जिल्ला अदालतलाई बिहीबार कम्प्युटर र प्रिन्टर प्रदान गरेको छ ।
    जेनजीको आन्दोलनमा अदालतमा तोडफोड, आगजनी र लुटपाट हुँदा पूर्ण रूपमा क्षति भएपछि सहयोग स्वरूप एकथान कम्प्युटर र एक थान प्रिन्टर प्रदान गरेको अदालतका रजिष्टार लोकनाथ पराजुलीले जानकारी दिएका छन् ।
    सप्तरी जिल्ला अदालतमा काम गर्न कठिनाइ भएकोले थोरै भएपनि सहयोगका लागि तत्काल कम्प्युटर र प्रिन्ट उपलब्ध गराइएको उनले बताए ।
    सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले जेनजीको आन्दोलनमा अदालतमा ठूलो क्षति भएपछि कम्प्युटर प्रिन्टरको अभावमा काम गर्न कठिनाई भएपछि थुनछेक आदेश हातले लेखेको र दशैसम्म व्यवस्थित नभएसम्म हातले लेख्ने बाध्यता रहेको उनले बताए ।
    उच्च अदालत जनकपुर राजविराज इजलासका नव आगन्तुक मुख्य न्यायाधीश सुभाष पौडेल, अन्य न्यायाधीशहरू तथा रजिष्टार लगायतले जिल्ला अदालतको अनुगमन गरेर अवस्थाको विषयमा जानकारी लिएका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ