जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने

राजविराज राजविराज
|
बुधबार, श्रावण २४, २०८०
|
|
५२ पटक हेरिएको
Shares
जिल्ला प्रशासन कार्यालयको ‘शाहीकालिन उर्दी’ फिर्ता नलिए पत्रकार महासंघ बिरोधमा उत्रने

सारांश

  •     उर्दीपूर्ण सूचनामा पूर्ण प्रेस स्वतन्त्रतामाथी कुठाराघात भएको जनाइएको छ ।
  •       जिल्ला प्रशासन कार्यालय सप्तरीबाट संविधान र प्रेस स्वतन्त्रता विपरित साउन २३ गतेको मिति राखेर साउन २४ गते बुधवार जारी गरेको उर्दीपूर्ण सूचना बुधबारराती ८ बजेसम्म फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न महासंघका जिल्ला सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा माग गरिएको छ ।
  •       प्रशासन कार्यालयले सूचना जारी गरी पत्रकार, सर्वसाधारणले बिना अनुमति फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको पाइएको भन्दै फोटो र भिडियो नखिच्न भनेको छ ।

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।

    नेपाल पत्रकार महासंघ शाखा सप्तरीले जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा फोटो–भिडियो खिच्न र पत्र–पत्रिका तथा अनलाईनमा प्रकाशन गर्न रोक लगाएको छ । 
    उर्दीपूर्ण सूचनामा पूर्ण प्रेस स्वतन्त्रतामाथी कुठाराघात भएको जनाइएको छ । 
    जिल्ला प्रशासन कार्यालय सप्तरीबाट संविधान र प्रेस स्वतन्त्रता विपरित साउन २३ गतेको मिति राखेर साउन २४ गते बुधवार जारी गरेको उर्दीपूर्ण सूचना बुधबारराती ८ बजेसम्म फिर्ता लिई पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टी गर्न महासंघका जिल्ला सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्वारा जारि विज्ञप्तिमा माग गरिएको छ । 
    प्रशासन कार्यालयले सूचना जारी गरी पत्रकार, सर्वसाधारणले बिना अनुमति फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्र–पत्रिकामा राखेको पाइएको भन्दै फोटो र भिडियो नखिच्न भनेको छ ।
    सहायक प्रमुख जिल्ला अधिकारी लेबन काश्यप अधिकारीद्वारा जारी सूचनामा कार्यालयमा सेवा लिन आउने सेवाग्राही, पत्रकार, सर्वसाधारणले बिना अनुमति यस कार्यालय परिसरभित्रको फोटो, भिडियो खिची सामाजिक संजाल, अनलाइन, पत्रपत्रिकामा राखेको पाइएकोले कर्मचारीको ब्यक्तिगत गोपनियताको हक र कार्यालयको सुरक्षा संबेदनसिलताका कारण आदेशानुसार यो सूचना जारी गरिएको उल्लेख छ । साथै सूचनाको विपरीत गतिविधि गरे÷गराइएको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही हुने चेतावनी पनि दिइएको छ ।
    यता सूचना फिर्ता नलिए बिहीवारदेखि चरणबद्ध आन्दोलनमा उत्रिने महासंघ बाध्य हुने जनाउँदै महासंघद्वारा जारि विज्ञप्तिमा नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएपनि त्यसका विपरित जिल्ला प्रशासन कार्यालय सप्तरीको पछिल्लो सूचनालाई ‘शाहीकालिन उर्दी’को रुपमा लिएको छ । 
    विज्ञप्तिमा जिल्लामा शान्ति–सुरक्षा र सुशासन कायम गर्न नसकेको आरोप चौतर्फीरुपमा लागिरहेको बेला प्रशासनको उर्दीले त्यो आरोपलाई अझ उदाङ्गो गरिदिएको उल्लेख गरिएको छ । 
    विज्ञप्तिमा भनिएको छ, “प्रेस स्वतन्त्रता विरोधी कुनै पनि उर्दी हामीलाई मान्य छैन । जिल्ला प्रहरी कार्यालयभित्र पत्रकारमाथि प्रहरीद्वारा आक्रमण, जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाईनु र विभिन्न मुद्दा मिलाउने नाममा आम जनतामाथि धाक–धम्कीदेखि धर–पक्कडसम्मको गतिविधिले समग्र जिल्लाबासीलाई प्रहरी–प्रशासनबाटै असुरक्षित बनाईदिएको छ ।” 
    सप्तरीमा प्रहरी–प्रशासनको पछिल्लो रवैयाले संविधान प्रद्त पूर्ण प्रेस स्वतन्त्रताको अधिकारमाथि धावा बोल्ने कार्य भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “जिल्लामा स्वतन्त्रतापूर्वक कार्य गर्न प्रहरी प्रशासनबाटै पत्रकार असुरक्षित रहेको पत्रकार महासंघको ठहर छ ।”
    यसैबीच पत्रकार महासंघले बुधबारराती ८ बजेसम्म उर्दीपूर्ण सूचना फिर्ता नलिएको भन्दै महासंघले मैनबत्ति बालेर बिरोध जनाएको छ । महासंघका सभापति श्रवणकुमार देवले भने, “हामीले पूर्ण प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको ग्यारेन्टीको माग गर्दै दिएको अल्टिमेटम सकिएपनि प्रशासन कार्यालयले हैकमवादी सूचना फिर्ता नलिएकोले बिरोध स्वरुप मैनबत्ति बालेर बिरोध जनाएका हौं ।” 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ब्यवस्थापक क्लव गठन
सहकारी ब्यवस्थापक क्लव गठन
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद,  संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
मदिरा पसल खोल्ने र बन्द गर्ने समय निर्धारण गर्न माग गर्दै महिलाहरुद्वारा नगरपालिकालाई ध्यानाकर्षण पत्र
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
महिला खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ किशोरी क्रिकेट प्रशिक्षण सुरू 
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
एकै दिन दुई बालिका र एक महिलासहित तीन जनाको डुबेर मृत्यु
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
हत्या गरिएका युवकको शवसहित प्रदर्शन
विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा
विपन्न समुदायका एकल महिलादेखी तेश्रोलिङ्गीलाई न्यानो कपडा
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा
दशकौंदेखी लालपूर्जा बिहीन ५१ जनाले पाए लालपूर्जा

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?