शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि

राजविराज राजविराज
|
बिहिबार, पौष २४, २०७६
|
|
४२ पटक हेरिएको
Shares
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि

सारांश

  •     सो टोल निवासी रिता पाण्डेको घरको बाहिरी पर्खालमा बिहान ३ बजे एक अपरिचित ब्यक्तिले बम राखेर भागेको खबर भएपछि स्थानियहरु त्रसित भएका हुन् ।
  •       पाण्डे स्थानिय राष्ट्रिय प्राथमिक विद्यालय केन्द्र नं.
  • ५ की प्रधानाध्यापक हुन् ।

दैनिक समाचारदाता
राजविराज, २४ पुस ।
    राजविराज ८ हिमालय टोलमा बिहीबार बिहान बम आंतकले स्थानियहरु त्रसित भएका छन् । 
    सो टोल निवासी रिता पाण्डेको घरको बाहिरी पर्खालमा बिहान ३ बजे एक अपरिचित ब्यक्तिले बम राखेर भागेको खबर भएपछि स्थानियहरु त्रसित भएका हुन् । 
    पाण्डे स्थानिय राष्ट्रिय प्राथमिक विद्यालय केन्द्र नं. ५ की प्रधानाध्यापक हुन् । बिहान ३ बजेतिर रातो प्लाष्टिकको झोलामा पोको पारिएको शंकास्पद बस्तु राखेर एक व्यक्ति फरार भएपछि पाण्डेले तत्कालै छरछिमेकी र प्रहरीलाई खबर गरेकी थिइन् ।

    बम राखिएको खबर प्राप्त भएपछि नेपाल प्रहरी र सेना घटनास्थल तर्फ पुगेको थियो । बिहान ६ बजेतिर श्री भीम दल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरद्वारा क्याप्टेन राजेन्द्र पाण्डेको नेतृत्वको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निस्कृय पारेको थियो । 
    तर, शंकास्पद बस्तु निस्कृय बनाउँदा उक्त शंकास्पद बस्तु बम नभएको सेनाले पुस्टि ग¥यो । निस्कृय पारिएको बस्तु भने स्नो पाउडर, फेसक्रिम, आईलाइन लगायतका मेकअपका सामाग्रिहरु थिए ।
    यसरी शंकास्पद बस्तु राखेर समाजमा त्रास फैलाउने व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
नागरिकता प्रकरण ः उपप्रमुखलाई हिरासतमा राखी अनुसन्धान गर्न  चौथो पटक म्याद थपियो
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
मंसिर १७ देखी गाउँ–गाउँ पुग्दै मतदाता नामावाली संकलन टोली
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
गृह जिल्लामा नचिनिने अजित स्वर्ण पदक पाएपछि एकाएक चर्र्चित,  प्रदेश सरकारले यादवलाई पाँच लाख धनराशीले पुरस्कृत गर्ने
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
हिमालय क्लब राजविराजको बिजयी शुरुवात
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
ग्लोबल बैंकले स्वास्थ्य उपचारमा छुटका  लागि अस्पतालसँग ग¥यो सम्झौता
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
आफ्ना नेताको रिहाईको माग गर्दै राप्रपाले निकाल्यो मसाल जुलुस  
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो