एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना

राजविराज राजविराज
|
मंगलबार, आश्विन २८, २०८२
|
|
५० पटक हेरिएको
Shares
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना

सारांश

  •     इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसंग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुईलाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
  •     मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत जितेन्द्र पासवानको नेतृत्वमा उद्योगमा पुगेको संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा पानीको बोतलमा लेदो र बाह्य बस्तु फेला पारेपछि दुईलाख जरिवाना गरेको हो ।
  • उक्त बोतलहरु टोलीले तत्कालै नष्ट गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २८ असोज । 

    सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुर स्थित विरेन्द्र फुड्स एण्ड बे्रभेज इन्ड्रष्ट्रिजलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।
    इन्ड्रष्ट्रिजबाट उत्पादन हुने एक्वा पानीको बोतलमा लेदो तथा आँखाले प्रष्टसंग देखिने बाह्य वस्तु (सोलिड एण्ड डस्ट) भेटिएकाले दुईलाख जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
    मंगलबार जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत जितेन्द्र पासवानको नेतृत्वमा उद्योगमा पुगेको संयुक्त बजार अनुगमन टोलीले अनुगमनको क्रममा ६० वटा पानीको बोतलमा लेदो र बाह्य बस्तु फेला पारेपछि दुईलाख जरिवाना गरेको हो । उक्त बोतलहरु टोलीले तत्कालै नष्ट गरेका थिए । टोलीमा सहभागी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख राजिन बुढाथोकीले उक्त उद्योगलाई दुईलाख रुपैयाँ जरिवानाका साथै मेशिनहरुको मरमत र पानी उत्पादन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरको प्रयोगशालाबाट परीक्षण गराई शुद्धताको प्रमाणित पत्र पेश नगरे सम्म विक्रिी वितरणमा समेत रोक लगाइएको जानकारी दिए ।
    शुद्ध पिउने पानी भनेर उक्त उद्योगबाट बजारमा पठाइएको मध्ये करिब तीनसय बोतलमा बाह्य बस्तु फेला परेको उपभोक्ताहरुको गुनासो आएपछि उद्योगमै टोली पुगेर अनुगमन गरेको टोलीमा सहभागी उद्योग बाण्ज्यि संघ सप्तरीका महासचिव अमृत संचेतीले बताए । उपभोक्ताको स्वास्थ्यमा असर पर्ने दुषित पानी बजारमा पठाएर लापरवाही समेत गरेकाले यस्तो कारवाही गरिएको जिल्ला प्रशासन कार्यालयका नायवसुब्बा प्रकाश देवकोटाले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
श्रोेत नखुलेको रकमसहित व्यापारी साह पक्राउ,  अनुसन्धानका लागि पुनः सात दिन म्याद थपियो 
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
नागरिकता समस्या समाधान गर्न जसपा अग्रसर ः अध्यक्ष यादव
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
बिपन्न परिवारका लागी तरकारीखेती लाफदायक बन्दै
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
दुई विद्यालयमा सरसफाईका सामग्रीहरु हस्तान्तरण
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
नेपाल सरकारले भारतीय पक्षसँग ठोस रुपमा समस्या राखेन् ः कोशी पीडित 
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न
वर्षाको पानीको निकास नहुँदा नगर जलमग्न