शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 

राजविराज राजविराज
|
मंगलबार, मंसिर १८, २०७५
|
|
२७ पटक हेरिएको
Shares
शारीरिक रुपमा अशक्तलाई न्यानो कम्बल बितरण 

सारांश

  •     मुल आयोजक समितिद्वारा राजविराजस्थित केअमाविको सभा कक्षमा आयोजित “मलाई गणना गर, समावेश गर” विषयक विचार गोष्ठीमा सो कम्बल वितरण गरेका हुन् ।
  •       आयोजिक गोष्ठीमा मन्त्री साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुका लागि आर्थिक र सामाजिक पक्ष सवल बनाई सशक्तिकरणमा आफू सक्रिय भई लाग्ने प्रतिबद्धता जनाए ।
  •       राजनीतिक परिवर्तनको अनुभूति अपाङ्गता भएका व्यक्तिले पनि गर्नु पाउनुपर्ने र यसका लागि आफू हरसम्भव प्रयत्न गर्ने बताए ।

दैनिक समाचारदाता
राजविराज, १७ मंसिर । 
    २७ औं अन्तर्राष्ट्रिय अपांङ्गता दिवसको अवसर पारेर प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुलाई सोमबार कम्बल वितरण गरेका छन् । 
    मुल आयोजक समितिद्वारा राजविराजस्थित केअमाविको सभा कक्षमा आयोजित “मलाई गणना गर, समावेश गर” विषयक विचार गोष्ठीमा सो कम्बल वितरण गरेका हुन् । 
    आयोजिक गोष्ठीमा मन्त्री साहले शारीरिक रुपमा अशक्त भई कष्टकर जीवन बिताइरहेकाहरुका लागि आर्थिक र सामाजिक पक्ष सवल बनाई सशक्तिकरणमा आफू सक्रिय भई लाग्ने प्रतिबद्धता जनाए । 
    राजनीतिक परिवर्तनको अनुभूति अपाङ्गता भएका व्यक्तिले पनि गर्नु पाउनुपर्ने र यसका लागि आफू हरसम्भव प्रयत्न गर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिको पहिचान गरी उनीहरुको क्षमता, योग्यता अनुसार विभिन्न क्षेत्रमा समावेश गराउन आफू सक्रिय भइ लाग्ने प्रतिबद्धता जनाए ।
    सो अवसरमा मन्त्री साहले प्रदेश सरकारको तर्फबाट शारिरिक रुपमा अशक्त १ सय ११ जनालाई कम्बल वितरण गरेका थिए ।
    सगरमाथा अपाङ्ग कल्याण संघ सप्तरीका अध्यक्ष बलदेव कुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, रेडक्रस सोसाइटी शाखा सभापति जोगेन्द्र भगत, ज्येष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर शारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, बौद्धिक अपाङ्गता अभिभावक संघका अध्यक्ष जगदिश अर्याल, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव लगायतले पनि बोल्दै अपाङ्गमैत्री कानुन र पूर्वाधार बनाउनु पर्नेमा जोड दिएका थिएलए । 
    यसअघि मूल आयोजक समितिमा आवद्ध सगरमाथा अपाङ्ग कल्याण संघ, बौद्धिक अपाङ्गगता अभिभावक संघ, समावेशी अपाङ्ग संघ, अपाङ्ग पुर्नःस्थापना केन्द्र, दृष्टिविहिन संघ, बहिरा संघ र अपाङ्ग कल्याणकारी समाजको संयुक्त अगुवाईमा नगर क्षेत्रमा प्रभातफेरी गरिएको थियो ।
    मलाई गणना गर, समावेश गर, अपांगलाई दया होईन, समानता दे, अपांग मैत्री समाज निर्माण गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर ¥याली नगरको विभिन्न भागको परिक्रमा गरेको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
टे«ड युनियन काँग्रेसले विशेष सांगठनिक अभियान चलाउने 
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
तोकेको भन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीद्वारा प्रदर्शन
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
भारतका दुई प्रभावशाली नेतालाई चुनाव प्रचारप्रसारमा प्रतिबन्ध
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो,  दुई हजार तीन सय छात्रालाई साइकल बितरण
साइकल वितरणपछि विद्यालयमा छात्राको ओइरो, दुई हजार तीन सय छात्रालाई साइकल बितरण
पूर्व राजा फागुन २६ गते सप्तरी आउँदै
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
ललिता निवासको एक टुक्रा जग्गा तथा एक सुक्का पैसा पनि लिएको छैन् ः नेता गच्छदार
सप्तरीले धनुषालाई पराजित ग¥यो 
सप्तरीले धनुषालाई पराजित ग¥यो 
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित
सप्तरीका डिएसपीसहित पाँच जना कोरोना संक्रमित