दैनिक समाचारदाता
राजविराज, २९ चैत ।
सम्भवत् नेपालका जेष्ठ नागरिक रघु बहरखेरको शुक्रबार बिहान १ सय ३१ वर्षको उमेरमा निधन भएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका १ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको शुक्रबार बिहान ११ बजेर ३१ मा उनकै निवासमा निधन भएको हो ।
उनी नेपालमै १० हजार बढी गाईबस्तु, अर्ना लगायतलाई परिवारका सदस्य जस्तै पाल्ने नेपालकै पहिलो व्यक्ति हुन् । आफ्नो जिवनकालको अधिकांश समय उनी कोशी टप्पुको जंगलमै गाईबस्तु, अर्ना पालेर बस्ने गरेको स्थानियहरुले बताएका छन् ।
उनका छोरा भरतलाल बहरखेर साविकको त्रिकौल गाविसका पूर्व उपाध्यक्ष थिए भने उनका नाती हेमन्त बहरखेर (मनोज) वर्तमान तिरहुत गाउँपालिकाका अध्यक्ष हुन् ।
यसैबीच शनिबार बिहान उनको कोशीमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
नेपालकै जेष्ठ नागरिक बहरखेरको १ सय ३१ वर्षमा निधन
सारांश
- सप्तरीको तिरहुत गाउँपालिका १ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको शुक्रबार बिहान ११ बजेर ३१ मा उनकै निवासमा निधन भएको हो ।
- उनी नेपालमै १० हजार बढी गाईबस्तु, अर्ना लगायतलाई परिवारका सदस्य जस्तै पाल्ने नेपालकै पहिलो व्यक्ति हुन् ।
- आफ्नो जिवनकालको अधिकांश समय उनी कोशी टप्पुको जंगलमै गाईबस्तु, अर्ना पालेर बस्ने गरेको स्थानियहरुले बताएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया