सीप सिकेर जान सुझाव

राजविराज राजविराज
|
बिहिबार, आषाढ १९, २०७६
|
|
८२ पटक हेरिएको
Shares
सीप सिकेर जान सुझाव

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.
  • ९ पत्थरगाढामा बिहीबार सम्पन्न सुरक्षित बैदेशिक रोजगार प्रवद्र्धनका लागि समुदायस्तरिय अभिुमखीकरण कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् ।
  •       डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजना सम्पन्न कार्यक्रममा वक्ताहरुले बैदेशिक रोजगारका लागि गएका यूवाहरुले विदेशमा दुःख पाइरहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि सरकारले ठोस नीति ल्याउनु पर्नेमा जोड दिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, १९ असार ।  
    वैदेशिक रोजगारलाई थप सुरक्षित र लाभदायि बनाउन स्थानीय सरकारले थप कार्यक्रमका साथै नयाँ योजनाहरु ल्याउनु पर्नेमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । 
    सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बिहीबार सम्पन्न सुरक्षित बैदेशिक रोजगार प्रवद्र्धनका लागि समुदायस्तरिय अभिुमखीकरण कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् । 
    डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजना सम्पन्न कार्यक्रममा वक्ताहरुले बैदेशिक रोजगारका लागि गएका यूवाहरुले विदेशमा दुःख पाइरहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि सरकारले ठोस नीति ल्याउनु पर्नेमा जोड दिएका थिए । 
    कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बैदेशिक रोजगार जानु पूर्व सीप सिकेर र आवश्यक परामर्श लिएर गएमा यूवाहरुले अनावश्यक दुःख नपाउने बताए । उनले बैदेशिक रोजगारमा जानेहरुले अनाहकमा सरकारी मान्यता प्राप्त नभएका म्यानपावर वा एजेन्ट मार्फत जाने गरेकाले दुःख पाउने गरेको जिकिर गरे । यसका लागि जिल्लामा रहेको अप्रवासी श्रोत केन्द्र सम्पर्क गरि कानुनी रुपमा परामर्श लिनु पर्ने सुझाव समेत दिए । 
    संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा नगर प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष कर्णदेव चौधरी, समाजसेवी अशोक कुमार यादवलगायतले सुरक्षित बैदेशिक रोजगारीका बारे आवश्यक सल्लाह, सुझाव र जानकारी दिएका थिए । कार्यक्रममा वडा नं. ८, ९ र १० का बैदेशिक रोजगारमा गएका परिवारहरुको सहभागिता रहेको थियो भने राजेन्द्र यादव, किशोरी शर्माले सहजिकरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी 
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
होटल तथा रेष्टुरेन्टहरु साँझ ८ बजे तथा मदिरा  विक्रेताहरुले ७ बजे पसल बन्द गर्ने निर्णय
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
रोजगारीका लागि भारत गएका  यूवकको शंकास्पद मृत्यु
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
बोल्न नसक्ने बिरामीका आफन्त खोज्दै प्रहरी र अस्पताल प्रशासन
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर 
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रमुख यादवद्वारा सहिदका बुबाको  किरियाखर्च वापत रकम प्रदान
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण  नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट
ठूलो परिमाणको पटाका बरामदपछि नष्ट