दैनिक समाचारदाता
राजविराज, १९ असार ।
वैदेशिक रोजगारलाई थप सुरक्षित र लाभदायि बनाउन स्थानीय सरकारले थप कार्यक्रमका साथै नयाँ योजनाहरु ल्याउनु पर्नेमा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ९ पत्थरगाढामा बिहीबार सम्पन्न सुरक्षित बैदेशिक रोजगार प्रवद्र्धनका लागि समुदायस्तरिय अभिुमखीकरण कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् ।
डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजना सम्पन्न कार्यक्रममा वक्ताहरुले बैदेशिक रोजगारका लागि गएका यूवाहरुले विदेशमा दुःख पाइरहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि सरकारले ठोस नीति ल्याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले बैदेशिक रोजगार जानु पूर्व सीप सिकेर र आवश्यक परामर्श लिएर गएमा यूवाहरुले अनावश्यक दुःख नपाउने बताए । उनले बैदेशिक रोजगारमा जानेहरुले अनाहकमा सरकारी मान्यता प्राप्त नभएका म्यानपावर वा एजेन्ट मार्फत जाने गरेकाले दुःख पाउने गरेको जिकिर गरे । यसका लागि जिल्लामा रहेको अप्रवासी श्रोत केन्द्र सम्पर्क गरि कानुनी रुपमा परामर्श लिनु पर्ने सुझाव समेत दिए ।
संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीको अध्यक्षता तथा नगर प्रमुख शिव नारायण साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा अध्यक्ष कर्णदेव चौधरी, समाजसेवी अशोक कुमार यादवलगायतले सुरक्षित बैदेशिक रोजगारीका बारे आवश्यक सल्लाह, सुझाव र जानकारी दिएका थिए । कार्यक्रममा वडा नं. ८, ९ र १० का बैदेशिक रोजगारमा गएका परिवारहरुको सहभागिता रहेको थियो भने राजेन्द्र यादव, किशोरी शर्माले सहजिकरण गरेका थिए ।
सीप सिकेर जान सुझाव
सारांश
- सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं.
- ९ पत्थरगाढामा बिहीबार सम्पन्न सुरक्षित बैदेशिक रोजगार प्रवद्र्धनका लागि समुदायस्तरिय अभिुमखीकरण कार्यक्रममा वक्ताहरुले सो सुझाव दिएका हुन् ।
- डाक्नेश्वरी नगरपालिकाको सहयोग तथा सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजविराजको आयोजना सम्पन्न कार्यक्रममा वक्ताहरुले बैदेशिक रोजगारका लागि गएका यूवाहरुले विदेशमा दुःख पाइरहेको बताउँदै उनीहरुको समस्या समाधानका लागि सरकारले ठोस नीति ल्याउनु पर्नेमा जोड दिएका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया