दैनिक समाचारदाता
राजविराज, १३ फागुन ।
प्रेस संगठनको सप्तरीको दोस्रो जिल्ला भेला बिहीबार राजविराजमा सम्पन्न भएको छ ।
आयोजित भेलामा प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रिय परिपत्र माथि प्रकाश पार्दै पत्रकार संगठनले खेल्नु पर्ने भुमिका बारे धारणा राखेका थिए । भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेश कुमार यादवले अगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडी वढ्नु पर्ने बताए ।
जिल्ला सचिव तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।
सोही भेलामा नेकपाका प्रदेश सदस्य महेश प्रसाद यादवले पत्रकारहरुमाथि हुनेगरेको विभेदलाई गम्भिरताका साथ पार्टीले लिनु पर्ने वताए । पार्टीको अग्रमोर्चामा रहेका पत्रकारहरुलाई पेशागत हकहितका लागि नेतृत्व तहले ध्यान दिनुपर्ने वताए ।
यसैगरी वरिष्ठ पत्रकार अनिल कुमार अनलले विगतमा पार्टीले पत्रकारहरुलाई अवमुल्यन गरेकोले अगामी दिनमा कदर गर्नु पर्ने सुझाव दिए । संचारकर्मीहरुको कामलाई प्रशंसा नगरिएकाले आगामी दिनहरुमा विशेष ध्यान पुर्याउनु पर्ने बताए ।
यसैगरी प्रेस संगठनका केन्द्रिय कार्यालय सदस्य देवराम यादवले नेपाल पत्रकार महासंघको अगामी आसन्न निर्वाचनमा रणनीति निर्माण गरेर कार्य समितिमा संगठनका वढि भन्दा वढि उपस्थिति वनाउन सवै तहवाट सहयोग पुर्याउन आग्रह गरे ।
संगठनको संयोजक गोपाल प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न भेलामा सुरेन्द्र प्रसाद गुप्ता, सतिश दत्त लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए भने कार्यक्रम संचालन दिनानाथ यादवले गरेका थिए ।
प्रेस संगठनको आगामी फागुन १६ गते हुने प्रदेश भेलामा सप्तरीवाट २१ जनाको सहभागीता रहने संगठनका संयोजक गुप्ताले जानकारी दिए ।
प्रेस संगठन सप्तरीकोे दोश्रो जिल्ला भेला सम्पन्न
सारांश
- आयोजित भेलामा प्रदेश ईन्चार्ज प्रकाश खतिवडाले प्रेस संगठनको केन्द्रिय परिपत्र माथि प्रकाश पार्दै पत्रकार संगठनले खेल्नु पर्ने भुमिका बारे धारणा राखेका थिए ।
- भेलामा नेकपा सप्तरीका नवनियुक्त जिल्ला अध्यक्ष उमेश कुमार यादवले अगामी दिनमा भएको कमी कमजोरीलाई आत्मसाथ गरेर अगाडी वढ्नु पर्ने बताए ।
- जिल्ला सचिव तथा प्रदेशसभा सदस्य गोविन्द न्यौपानेले नेकपाको विचार धारालाई आत्मसाथ गरेर जानुपर्ने सञ्चारकर्मीलाई आग्रह गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया