सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता

राजविराज राजविराज
|
सोमबार, चैत्र ११, २०७५
|
|
४३ पटक हेरिएको
Shares
सप्तरीका १५ कार्यालयबिरुद्ध २ सय ६७ वटा उजुरी अख्तियारमा दर्ता

सारांश

  •     सप्तरीका वडा अध्यक्षहरूसँग सोमबार राजविराजमा आयोजित एक दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका बिषय गोष्ठीमा आयोगका ईटहरीस्थित कार्यालयका उपसचिव नरेन्द्र प्रसाद भट्टराईले सो जानकारी दिएका हुन् ।
  •       मन्त्रालय अन्तरगत जिल्लामा रहेका अर्थ, उर्जा, कृषि, गृह, वन, भूमि, भौतिक, यूवा, सहरी विकास, शिक्षा, संघीय मामिला, सहकारी, सिंचाई, स्वास्थ्य र खानेपानी गरि १५ वटा कार्यालय बिरुद्ध २ सय ६७ वटा उजुरी दर्ता भएको उनले बताए ।
  •       संघीय मामिला मन्त्रालय अन्तरगत १ सय ११ र दोश्रो नम्बरमा शिक्षामा ४९ वटा उजुरी दर्ता भएको बताउँदै उनले दर्ता भएका उजुरी मध्ये १ सय ४५ वटा फर्छाैट भइसकेको तथा १ सय २२ वटा उजुरी फर्छौट हुन बाँकी रहेको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ११ चैत । 
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मन्त्रालय अन्तरगत सप्तरीमा रहेका १५ वटा कार्यालय बिरुद्ध आ.ब. २०७४÷७५ मा २ सय ६७ वटा उजुरी दर्ता भएको जनाएको छ ।
    सप्तरीका वडा अध्यक्षहरूसँग सोमबार राजविराजमा आयोजित एक दिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका बिषय गोष्ठीमा आयोगका ईटहरीस्थित कार्यालयका उपसचिव नरेन्द्र प्रसाद भट्टराईले सो जानकारी दिएका हुन् । 
    मन्त्रालय अन्तरगत जिल्लामा रहेका अर्थ, उर्जा, कृषि, गृह, वन, भूमि, भौतिक, यूवा, सहरी विकास, शिक्षा, संघीय मामिला, सहकारी, सिंचाई, स्वास्थ्य र खानेपानी गरि १५ वटा कार्यालय बिरुद्ध २ सय ६७ वटा उजुरी दर्ता भएको उनले बताए । 


    संघीय मामिला मन्त्रालय अन्तरगत १ सय ११ र दोश्रो नम्बरमा शिक्षामा ४९ वटा उजुरी दर्ता भएको बताउँदै उनले दर्ता भएका उजुरी मध्ये १ सय ४५ वटा फर्छाैट भइसकेको तथा १ सय २२ वटा उजुरी फर्छौट हुन बाँकी रहेको जानकारी दिए । 
    आयोजित गोष्ठीमा आमनागरिकको प्रत्यक्ष सरोकार राख्ने वडाहरू घुस सहित रंगेहात समाती रहेको अबस्था जनताको सेवामा निस्वार्थ भावनाबाट काम गर्न उपसचिव भट्टराईले आग्रह गरे ।
    भ्रष्टाचार, एकाअधिकार, स्वबिवेकिय अधिकार, पारदरशिता नभएकै कारण भ्रष्टाचार मौलाएकोले घुस लिने र दिनेलाई भ्रष्टाचारीलाई बहिष्कार गरी भ्रष्टाचार मुक्त समाजको निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
    कार्यपत्र समेत प्रस्तुत गर्दै भट्टराईले नेपाललाई भष्टाचार मुक्त मुलुकको रूपमा स्थापित गर्न अख्तियार दुरदृष्टी रहेको र भ्रष्टाचार नियन्त्रणको माध्यमद्वारा मुलुकमा कानुनी राज्य र सुशासन स्थापना गर्न योगदान पु¥याउने परिलक्ष्य रहेको उनले बताए ।


    सोही गोष्ठीमा अख्तियार दुरुपयोग आयोगमा नेपाल भरि ३१ हजार २ सय १३ उजुरी परेका थिए भने जस मध्ये २१ हजार ६ सय ४८ फर्छाेट गरेको छ भने ११ अर्ब ५२ करोड ११ लाख ३२ हजार ५ सय ३० रूपैया असुलीउपर गरेको जानकारी दिइएको छ ।
    उक्त गोष्ठीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहसचिव महेश आचार्य, सप्तरीका प्रजिअ सुरेन्द्र पौडेल, जिसस प्रमुख प्रभाकर यादब, लगायत १८ वटै स्थानिय तहका १ सय ६४ जना वडा अध्यक्षहरूको सहभागिता रहेको थियो ।
    जिल्ला समन्वय समिति सप्तरीको समन्वयमा अख्तियार अनुसन्धान आयोगको कार्यालय ईटहरीले जनप्रतिनिधिहरूवाट भईरहेको भ्रष्टाचारको नियमनका लागि गोष्ठीको आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु